१५ बैशाख २०८१, शनिबार

कृष्ण प्रणमी मन्दिरमा विराटनगरका मेयरका उम्मेदवार

संवाददाता

विराटनगर । गठबन्धन दलको तर्फबाट बिराटनगरका मेयरका उम्मेदवारका प्रत्याशी नागेश कोईरालाले चुनावी प्रचार प्रसारलाई तिब्र बनाएका छन् । बिराटनगर ३ मा रहेको कृष्ण प्रणामी मन्दिरमा पुगेर कोईरालाले आशिर्वाद लिएका हुन् । कार्यक्रममा श्रीकृष्ण प्रणामी परिषदका अध्यक्ष हरि ढकालले विराटनगर महानगरको मेयर बनेर आउदै गर्दा प्रणामी परिषदलाई सम्झन आग्रह गरे । ५ सय भन्दा बढी प्रणामीको साथ रहनेमा ढुक्क भएर चुनावी अभियानमा लाग्न उनले आग्रह गरे । विराटनगर १९ मा बन्न लागेको सामुदायिक भवन निर्माणमा समेत आगामी दिनमा आउने नेतृत्वले सहयोग गर्नु पर्नेमा जोड दिए । गठबन्धनका तर्फका मेयरका उम्मेदवार कोईराला र उपमेयरका उम्मेदवार अमरेन्द्र यादवल प्रणामी समुदायका समस्या समाधान गर्ने आश्वासन दिए । उक्त भेलामा वडा नम्बर ३ का अध्यक्ष पदका उमेदवार कमल पुडासैनी , वडा नम्बर १ का उमेदवार राजन न्यौपानेले समेत आफ्ना योजना सुनाएका थिए ।
कार्यक्रमा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद कोइराला, उपाध्यक्ष राधिका लामिछाने, बायुजुराज संघ अध्यक्ष कमला दाहाल, श्रीकृष्ण प्रणामी युवा परिषद अध्यक्ष मदन लामिछाने ,सह सचिब हरि बजगाइ , नेपाली काङ्ग्रेसका नेता बाबुराजा ओझा लगायतको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्