०८ बैशाख २०८१, शनिबार

पाँच दलले नसकेर दमकमा राजावादी बोकेका छन : ओली

संवाददाता

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा पाँच दलीय गठबन्धनले आँट गर्न नसकेपछि राजावादीसँग मिलेको बताएका छन् । विश्वमा नै चिनिएको दमक विगार्नको लागि केही तत्व सक्रिय भएको ओलीको आरोप छ । दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मुलुक भरी ५ दलीय गठबन्धन हुँदा दमकमा ६ दलीय बनाएर राजावादीलाई बोकेर हिँडेको बताए । ‘एमालेलाई ५ दलले नसक्ने भएपछि ६ दल बनाईएको हो, उनले भने, दमकमा पाँच दलले पनि आँट गरेन र मेयरको उम्मेदवार बिरुद्ध ६ दल लागे ।’
नेकपा एमालेको गढ किल्ला भनेर चिनिएको झापा जिल्लाको विकसित अझ एड्भान्स नगरपालिका भनेर चिनिएको दमक नगरपालिका बिगार्नको लागि अहिले ती तत्वहरु लागेको उनको भनाई छ। हिलो ओली राजावादी भन्दै कराउँदै हिड्नेहरु अहिले राजावादीलाई बोकेर हिँडेको बताए । ‘अस्ति केही दिन अघि केही तत्वहरुले अन्तरवार्ता दिँदै गरेको मैले सुने, भन्दै थिए, राजावादीसँग केपी ओली मिल्यो, ओलीले भने, दमकमा राम थापा जी के गणतन्त्रवादी हो ? अनी दमकमा मेयरमा कांग्रेसको क्याण्डिडेट छ ? क्रान्तिकारी गणतन्त्रवादी प्रचण्ड जीको क्याण्डिडेट छ ? माधव नेपाल उफ्रिँदै अन्तरवार्ता दिन हिड्छन् उनको क्याण्डिडेट छ ? यीनीहरुको केही उदेश्य छैन देशको विकास रोक्नु हो ।’
गठबन्धनको नाममा सबै मिलेर एमालेलाई घेराबन्दी गर्ने, एमालेका बिरुद्ध हमला गर्ने मात्र यीनीहरुको काम भएको ओलीले बताए । ‘मोर्चाबन्दी गरेर यीनीहरुले धेराबन्दी गरेका छन्, ओलीले भने, टोक्न खोज्छन्, चिथोर्न खोज्छन्, स्यालले हात्तीका खुट्टा चिथोर्न खोजेको जस्तै भएको छ।’ अहिले दमकमा पार्टी नहेरौँ, देश विकास गर्ने लक्ष्य हेर्न उनले कार्यकर्तालाई आग्रह गरे । देउवाले चितवनमा कांग्रेसलाई प्रचण्डको छोरी काँधमा हालेको, पोखरामा माधव गुटलाई काँधमा सुम्पिएको र दमकमा राजावादी कांग्रेसको काँधमा हालिदिएको आरोप लगाए ।

यहाँ कमेन्ट गर्नुहोस्