०६ बैशाख २०८१, बिहिबार

समृद्धिको यात्रामा धरान, २०७४ साल यता ३ अर्वका योजना

संवाददाता

धरान । २०७४ सालको निर्वाचन पछि धरानमा केन्द्रीय सरकारको बजेट तथा राष्ट्रिय गौरवको आयोजनाहरु सञ्चालनमा रहेका छन् । केन्द्रसँग स्थानीय नेताहरुको पहँुच नहुँदा विकासमा धरान टापु बनेको आलोचना भइरहेको बेला नेकपा एमालेबाट निर्वाचित नेताहरुको पहलमा धरानमा ठूला आयोजनाहरु सञ्चालनमा आएका हुन् ।
नेकपा एमालेबाट निर्वाचित संघीय सांसद जयकुमार राई, प्रदेश सभा सदस्य भीम आचार्य, हाल धरान उपमहानगरपालिका उपमेयर तथा हालकी मेयरकी उम्मेद्वार मञ्जु भण्डारीको पहलमा अरवौंका योजनाहरु धरानमा सञ्चालित छन् । ती महत्वकाक्षी योजनाहरु ५० प्रतिशत सम्पन्न भएका छन् भने केही योजनाहरु पाइपलाइनमा रहेका छन् ।
अन्य पालिका जोड्ने ८ वटा पुल निमार्ण
विगतमा धरानलाई अन्य पालिकासँग जोड्न उत्तरमा कोशी राजमार्ग, दक्षिणसँग जोड्न कोशी राजमार्ग मै बनेको सेउती खोलाको पुलमात्र थियो । धरान क्षेत्र टापुको रुपमा थियो । प्रदेश, संघमा एमालेको सरकार बने पछि धरानलाई पूर्व पश्चिम, उत्तर, दक्षिण चारैतिर जोड्न सडक तथा पुल निमार्ण भएको संघीय सांसद जयकुमार राईले जानकारी दिनु भयो । हालसम्म ६७ करोडमा धरान जोड्ने ८ वटा पुल निर्माण सम्पन्न भएको छन् ।
सांसद राईका अनुसार धरान–वराहक्षेत्र नगरपालिका जोड्ने सर्दु खोला, पट्नाली खोला, ठकुरीखोला, विष्णुपादुका जोड्ने, धरान–११ सर्दु खोला पुल, मोरङसँग जोड्ने धरान–५ तल्लो देउारली सेउती खोला पुल, अँधेरीखोला पुल, रामधुनी जोड्ने बक्लौरी तेतेरीया सेउती खोला पुल, दानवारी हर्दिया जोड्ने निराजन बस्ती पुल निर्माण सम्पन्न भएका छन् ।
धरानलाई पूर्व पश्चिम जोड्न मदन भण्डारी राजमार्ग धरान हुदैं निर्माणाधिन अवस्थामा छ । यस राजमार्गले धरानलाई पूर्वपश्चिम यात्राका लागि सहज भएको छ ।
धरान १७, खैरेनीमा, २०० केभि विद्युत प्रसारण लाईन सवस्टेसन स्थापना गर्नको लागि २.५ विघा जग्गा ९ करोडमा खरिद गरिएको छ । मञ्जु भण्डारीको पहलमा उक्त योजना धरान ल्याइएको होे । उक्त योजना सम्पन्न गर्न आवश्यक बजेट एक अर्ब ६० करोड सहित सम्बन्धित निकाय मार्फत प्रक्रिया अघि बढेको छ ।
धरान लेउती सुरुङमार्ग सम्भाब्यता अध्ययनका लागि समेत बजेट छुट्याइएको छ । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गत,बराहक्षेत्र नपा वडा नं.३ बाङ्गे– नडाहा– धरान १७ जोड्ने सडकको स्तरउन्नती गरी कालोपत्रे गर्न २५ करोड बजेट विनियोजन भएको बताइएको छ । यस्तै रामधुनी नगरपालिका झुम्का लगौना चौक कुमारखत– धरान सडक खण्ड कालोपत्रका लागि १ करोड बजेट छुटिएकोछ । यस्तै धरान रंगशालाका लागि पनि बजेट विनियोजन भएको छ । २०७५÷७६ देखी हाल सम्म कुल ४ करोड ६० लाख बजेट संघीय सरकारले दिएको सांसद राईले जानकारी दिनु भयो ।
यस्तै केन्द्रीय सरकारले पर्यटन विकासका लागि पनि धरानलाई बजेट दिएको छ । धरानमा प्रदेश पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ । देशभरका १ सय गन्तव्यहरु मध्य धरानको विजयपुरको विकासका लागि ५० लाख बजेटबाट दन्तकाली, बुढासुब्बा पिण्डेश्वर मन्दिर पुनृनिर्माण तथा भौतिक संरचना निर्माणका लागि बजेट आएको हो । यस्तै धरान सप्तरङ्गी पार्क निर्माणका लागि ५० लाख बजेट कैन्द्रीय सरकारबाट आएको थियो । धरानमा निर्माणधिन बहुजातीय संग्रालयका लागि ४० लाख विनियोजन भएको थियो ।
यस्तै शिक्षा क्षेत्रमा धरान १३, फुर्से मावि निर्माणाधिन भवन का लागि ६ करोड, धरानका पाँच वटा विद्यालयहरमा आइटिस िल्याव व्यवस्थाका लागि एक करोड २० लाख बजेट संघीय सरकार मार्फत आएको सांसद राईले जानकारी दिनु भयो ।
यस्तै धरान–१३ स्थित कृषी उपज बजारमा मसालाजन्य गोदाम घर निर्माण, कृषक घर निर्माण, शित घर निर्माण र कृषक आवास निर्माणका लागि एक करोड ६० लाख बजेट आएको क कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । सांसद राई र तत्कालिन उपमेयर मञ्जु भण्डारीको पहलमा सो बजेट आएको उहाँले बताउनु भयो ।
जल तथा मौसम विज्ञान कार्यालय धरान सुनसरीलाई २ करोड ३९ लाख १८ हजार बजेट आएको थियो ।
यस्तै जनता आवाज कार्यक्रममा धरान क्षेत्रमा ३ सयजनाका लागि निशुल्क आवास निर्माण भएका छन् । प्रति परिवार ५० हजारका दरले १ करोड ५० लाख पाएका छन् । धरान–१६ जनपथ, धरान–१७ इन्द्रणी मार्ग धरान–१५ कृष्ण मार्ग ढल तथा कालो पत्रे सडक निर्माणका लागि १० ९७ लाख बजेटबाट सडक कालो पत्र गरिएको छ ।
धरानलाई राष्ट्रिय गौरवका आयोजनाहरुले पनि जोडेको छ । झापा जिल्लाको पाटापुर–मोरङको मधुमल्ला–लेटाङ–केराबारी–सुनसरीको धरान पानवारी–चतरा–गाईघाट–सिन्धुली भिमान–हेटौंडा–डडेलधुराको रुपाल सम्म निर्र्माण हुँदै गरेको मदन भण्डारी राजमार्ग बन्नुले धरानलाई पूर्व पश्चिम जोड्ने काम भएको छ । यस्तै संखुवासभाको किमाथांका–सुनसरीको धरान–मोरङको विराटनगर–रानी जोगबनी सडक त्रिदेशिय सडक निर्माणले धरानलाई सबै क्षेत्रको जक्सन बनाएको छ ।
धरान उपमहानगरपालिकामा एक बर्ष कार्यबहाक मृयर र चार बर्ष उपमेयर भएर काम गर्दा मञ्जु भणडरीले केन्द्रसँग राम्रो पहुच पु¥याउनु भएको थियो । उहाँको पहल कदमीमा धरानमा ठूला आयोजनाहरु सञ्चालन आएको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङले बताउनु भयो ।
यस्तै धरानको फोहोर व्यवस्थापनका लागि उपमहानगरको शुन्य लगानीमा फोहार प्रशोधन केन्द्र स्थापना भएको छ । धरानलाई औद्योगिक क्षेत्र विस्तारका लागि धरानको पानवारी औद्योगिक ग्राम निर्माण प्रक्रियामा रहेको छ ।
धरान समृद्धिको यात्रामा अगाडी बढि सकेको मेयरकी उम्मेद्वार भण्डारीले बताउनु भएको छ । ‘हामीले प्रदेश र केन्द्रसँग निरन्तर सम्पर्क र समन्वय गरेर योजनाहरु ल्याइरहेका छौं । आगामी दिन अझ बढि यहाँ योजना ल्याउन एमालेको भूमीका हुने छ ।’–भण्डारीले भन्नु भयो । धरानमा संघ प्रदेशबाट आएका पाइपलाइनमा भएका योजनाहरु पुरा गर्न फेरी पनि एमालेको नेतृत्व धरानमा आवश्यक भएको उपमेयरका उम्मेद्वार पदम राईले बताउनु भयो ।
२०७४ साल पछि धरानका लागि करिव ३ अर्वका योजनाहरु संघीय सरकारबाट भित्राइएको सांसद राईले बताउनु भयो । प्रदेश सरकारबाट पनि धरानमा ठूलो आयोजनाहरु सञ्चालनमा रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्