१४ बैशाख २०८१, शुक्रबार

आवत जावत बन्द गरियो विराटनगर नाका

संवाददाता

विराटनगर । गएराती मध्यरातीदेखि नेपाल भारत सीमा क्षेत्र बन्द सिल भएको छ। सर्बसाधारणलाई आवत जावतमा समेत निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बैशाख २७ गते राती १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न भन्दै प्रदेश १ का नेपाल भारत सीमा नाका र नेपाल चिन सीमा नाका सिल गरिएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । भारतसँग सिमा जोडिएको इलाम, झापा, मोरङ र सुनसरी नाका सिल गरिएको छ । मोरङको रानी नाका तथा छोटी नाकाहरु सिल गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाकालले जानकारी दिए । मोरङ जिल्लामा मंगलवार रातीदेखि नै मदिरा बिक्री वितरण र सेवनलाई पनि रोक लगाईएको प्रजिअ दाहालले जानकारी दिए । निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ । आदेश बर्खिलाप भएको पाइए कानुन बमोजिम कारबाही हुने मोरङका प्रमुख जिल्ला अधिकारी दाहालका भनाई छ ।
जिल्ला प्रशासन कार्यालयहरुले सिमा सिल भएको सुचना जारी गरेको भएपनि मुख्य नाका बाहेकका बाटोहरुबाट सर्बसाधारणको आवत जावत भने रोकिएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्