१६ चैत्र २०८०, शुक्रबार

विराटनगरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा मतान्तर बढ्यो

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ। मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोईरालाले ६३४३ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ४८३३ मत प्राप्त गरेका छन् । कोईरालासँग थापाको मतान्तर बढेर १५१० पुगेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवकोे लालटिनले २०३१मत प्राप्त गरेका छन् । उपमेयर पदकोेलागि नेकपा एमालेको शिल्पा कार्कीले ५४९८ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ३५७७ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले १९२१ मतले अग्रता लिएकी छिन् । राप्रपाकी विन्दाकुमारी लुईटेलले १४११ मत प्राप्त गरेकी छिन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्