१५ चैत्र २०८०, बिहिबार

विराटनगरको लक्ष्मीनारायण मन्दिरमा खतिवडा

संवाददाता

विराटनगर। विराटनगर ४ स्थित श्री लक्ष्मीनारायण मन्दिर (जियर शैक्षिक संस्था) मा मंगलबार कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ । समितिका उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् । त्यसैगरी मन्दिरका सदस्यहरुमा शिशिर सुवेदी, देवेन्द्र गुप्ता, मनोज भट्टराई, पुरुषोतम रेग्मी, सुरजा न्यौपाने र सुधा घिमिरे चयन भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ। कार्यक्रममा स्वामी रामानुज नेपाल, स्वामी खगेन्द्रप्रसाद पोखरेल र शम्भु सुवेदीलाई सल्लाहकारमा मनोनित गरेको छ । समितिले कार्यसमितिको पूर्णता दिने र मन्दिरका नामबाट बैंक खाता खोल्नेसमेत निर्णय गरेको समितिका उपाध्यक्ष देवराज सुवेदीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्