०७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ को १०० पालिकाको परिणाम सार्बजनिक, हेर्नुस् कुन दलले कति जिते

एक मात्र महानगरमा कांग्रेस अघि

संवाददाता

विराटनगर । प्रदेश १ का धेरै जिल्लाको मत गणना सकिँदै गर्दा परिणम रोचक बन्दै गएको छ। यस अघि एमालेले जितेका पालिकामा कांग्रेसले बाजी मारेको छ भने कांग्रेसले बर्षौदेखि जित्दै आएको पालिका एमालेले तथा अन्य दलहरुले किल्ला गाडेका छन् । १३७ पालिकाहरु मध्ये सबैभन्दा धेरै पालिकाको प्रमुख नेपाली कांग्रेसले बिजय हाँसिल गरेको छ । नेपाली कांग्रेसले ५० पालिकाको प्रमुख जित्दा नेकपा एमालेले ३२ पालिका जितेको छ। नेकपा माओवादी केन्द्रले १२ पालिकाको प्रमुख प्राप्त गरेको छ । त्यस्तै जनता समाजवादी पार्टीले दुई र नेकपा एकिकृत समाजवादी र राप्रपाले एक–एक पालिकामा विजयी भएका छन् । प्रदेश १ मा दुईवटा पालिकामा स्वतन्त्र उम्मेदवार बिजयी भएको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो परिणाम अनुसार ३७ पालिकामा अहिले पनि मत गणना जारी रहेको र केही पालिकामा मत परिणाम घोषणा अन्तिम तयारी भईरहेको आयोगले जनाएको छ।
पछिल्लो तथ्यांक अनुसार ९ पालिका रहेको ताप्लेजुङमा नेकपा एमालेले ३, नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले २ पालिका जितेको छ। पाँचथरको ८ पालिकामा सबैभन्दा धेरै कांग्रेसले ६ , एमाले र माओवादी केन्द्रले एक एक पालिका जिते । ईलामको १० पालिका मध्ये ७ पालिकाको परिणाम सार्बजनिक हुँदा कांग्रेस ४ र एमाले ३ पालिकामा बिजयी भएको छ। झापामा १५ पालिका मध्ये ४ वटा पालिकाको मात्र परिणाम सार्बजनिक भएको छ। एमाले २, कांग्रेस र राप्रपाले एक–एक पालिका विजयी हुँदा अरु ११ पालिकामा यो समाचार तयारपार्दा सम्म परिणाम आउन बाँकी छ । मोरङको १७ पालिका मध्ये एमाले ४ र कांग्रेस ३ पालिकामा बिजयी हुँदा अरु १० पालिकाको परिणाम साबैजनिक भएको छैन । संखुवासभाको १० पालिका मध्ये एमाले ४ र कांग्रेसले ६ पालिका जितेको छ। तेह्रथुम जिल्लाको ६ पालिकामा मध्ये ३ एमाले र ३ कांग्रेसले भाग पाएका छन् । भोजपुरको ९ पालिका मध्ये एमाले ३, कांग्रेस ३ , माओवादी केन्द्रको २ र एक पालिका स्वतन्त्रले जितेका छन् । यस अघि एमालेले जितेको ७ वटै पालिका मध्ये यो पटक ३ पालिकामा चित बुझाउँदा कांग्रेसले ४ पालिका पाएको छ। सुनसरीका १२ पालिका मध्ये कांग्रेस र जसपाले एक–एक पालिका जित्दा अरु पालिकामा मत गणना जारी छ। सोलुखुम्बुको ८ पालिका मध्ये कांग्रेसले ५, एमालेले २ र माओवादी केन्द्रले एक पालिकामा बिजयी हुँदा खोटाङको १० पालिका मध्ये कांग्रेसले ५, एमालेले २, माओवादीले २ पालिका विजयी हुँदा एउटा पालिकाको अझै परिणाम आएको छैन । ओखलढुङ्गाको ८ पालिका मध्ये ४ कांग्रेसले जित्दा अरु दलहरुले एक एक पालिकामा चित बुझाउनु पर्यो । एमाले, माओवादी कन्द्र र जसपाले एक।एक पालिकामा बिजयी हुँदा एक पालिकामा स्वतन्त्र बिजयी भए । उदयपुर जिल्लाको ८ वटा पालिका मध्ये ३ पालिकाको परिणाम आउन बाँकी रहँदा माओवादीले ३ , नेपाली कांग्रेस र एकिकृत समाजवादीले एक एक पालिका जितेका छन् ।
एक मात्र महानगरमा कांग्रेस अघि
प्रदेश १को एक मात्र महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोईरालाको अग्रता निरन्तर अगाडी छ। पछिल्लो मत परिणाम अनुसार १५९३९ मतका साथ कोईराला अगाडी हुँदा नेकपा एमालेका सागरकुमार थापाले ११६४१ मतका साथ उनलाई पछ्याई रहेका छन् । उपप्रमुखमा भने गठबन्धन निक्कै पछि परेको छ। एमालेकी शिल्पा निराला कार्कीले १३४४५ मत पाउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ८१७८ मत ल्याएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्