०८ बैशाख २०८१, शनिबार

ओलीले गुमाए आफ्नै गृह नगर दमक

संवाददाता

विराटनगर । नेकपा एमालेको गढ झापाको दमक नगरपालिका सबै दल मिलेर भत्काएका छन् । कांग्रेस माओवादी एक्लैले नसक्ने भएपछि राष्ट्रिउ प्रजातन्त्र पार्टीलाई अघि सारेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र एकिकृत समाजवादी समेत लागेर एमालेलाई हराउन सफल भएका हुन् । पटक पटक मेयरमा उम्मेदवार भएका राप्रपाका रामकुमार थापा दमको मेयरमा निर्वाचित भएका हुन् । थापाले नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । थापाले १७५२५ मत ल्याउँदा अधिकारीले १६९६६ मत मात्र प्राप्त गर्न सकिन् । एमालेको गढ भनेर चिनिएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार थापाले ५५९ मतको अन्तरले अधिकारीलाई पराजित गरेका हुन् । दमक नगरपालिकाको उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छिन् । उनले १७०७२ मत ल्याउँदा नेकपा एमालेका अम्बिकाप्रसाद खनालले १६५७४ मत प्राप्त गरे ।

यहाँ कमेन्ट गर्नुहोस्