०८ बैशाख २०८१, शनिबार

विराटनगर महानगरपालिकाको मेयरमा नागेश र उपमेयरमा शिल्पा निर्वाचित

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको दोश्रो मेयरमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईराला र नेकपा एमालेकी उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्की निर्वाचित भएका छन् । ८९७८९ मत खसेकोमा नागेश कोईरालाले ३०१७०र एमालेकी शिल्पा कार्कीले २५६३०मत ल्याए । विराटनगर महानगरपालिकाको मेयरमा ८७१५ र उपमेयरमा ११४६१ मत अन्तरमा चुनाव जितेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्बजनिक गरेको अन्तिम मत परिणाम अनुसार मेयरमा कोईरालाले ३०१७० मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले २१४५५. मत मात्र ल्याउन सके । त्यस्तै उपप्रमुखमा एमालेकी शिल्पाले २५६८० मत ल्याउँदा उनको प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १४२१९ मत मात्र ल्याए । आफ्नो छोरालाई जिताउनको लागि विराटनगर महानगरपालिकामा उपमेयर लिएर गठबन्धन गरेको जसपा अध्यक्ष उपेन्द्र यादवलाई आरोप लाग्दै आएको थियो । त्यसैको विरुद्धमा जसपा परित्याग गरेर स्वतन्त्र मेयरको उम्मेदवार दिएका उमेश यादवले ८७९५ मत पाए ।

यहाँ कमेन्ट गर्नुहोस्