१७ आषाढ २०७९, शुक्रबार

विराटनगर महानगरपालिकाका प्रमुख उपप्रमुख भन्छन्, ‘सबैको साझा भएर काम गर्छाैँ’

संवाददाता

विराटनगर । विराटनगर महानगर पालिकाका नवनिर्वाचित मेयर उपमेयरले महानगरकाे विकासका लागि मिलेर काम गर्ने बताएका छन् । विराटनगरमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले अायाेजना गरेकाे प्रमाणपत्र वितरण कार्यक्रममा बाेल्दै मेयर उपमेयरले सबैको साझा भएर काम गर्ने बताए । नवनिर्वाचित मेयर नागेश काेईरालाले ५ बर्षमा सबैजना मिलेर नमुना काम गरेर १०० बर्षसम्म अनुसरण गर्ने खालकाे हुने बताए । ‘सबै जनप्रतिनिधिको उदेश्य विराटनगरलाई बनाउने हाे, उनले भने,सबै मिलेर काम गराैँ, ५ बर्षकाे याेगदान १०० बर्षपछि पनि सम्झना लायक बनाअाैँ।’

जुनसुकै दलबाट अाएकाे भएपनि साझा जनप्रतिनिधि भएर अघि बढ्ने उनकाे प्रतिवद्धता छ । एमालबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्कीले सबैकाे उपमेयरकाे रूपमा अघि बढ्ने बताईन् । महानगरकाे सुशासनसँगै महिला, बालबालिका र जेष्ठनागरिकाे बिषयदाई प्राथमिकतामा राखिने कार्कीको भनाइ छ ।

प्रमाणपत्र वितरण कार्यक्रममा बाेल्दै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न भुमिका अेलेकाेमा दलहरूलाई धन्यवाद दिए । नागरिक समाज, राजनीतिक , सुरक्षा निकाय लगायतकाे सहयाेगले धाधली रहित र स्नेहपुर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए । उनले मतदाता शिक्षाको अभावले ठुलाे संख्यामा मत पत्र बदर भएकाे स्मरण गराउँदै मत बदर राेक्न अाफ्ना मतदातालाई दलहरूले बुझउनु पर्नेमा जाेड दिए। घाेषणा पत्रसँगै मतदाता शिक्षामा काम गर्नु पर्ने उनकाे सुझाव छ ।

यहाँ कमेन्ट गर्नुहोस्