०८ बैशाख २०८१, शनिबार

हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

संवाददाता

उदयपुर । उदयपुरको कटारीमा हजुरआमाको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कटारी नगरपालिका–७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान हजुरआमा र नाती बिच जग्गा अंश बण्डाको बिषयमा बिबाद भई झगडा भएको प्रहरीले जनाएको छ। त्यही विवादको क्रममा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना बारेमा ईलाका प्रहरी कार्यालय कटारीबाट गएको प्रहरी टोलीले शबलाई कानुनी प्रक्रिया गरि परीक्षणको लागि कटारी अस्पताल बठठाएको छ भने हत्यामा संलग्न रहेको आरोपमा नाती रोहितलाई नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्