०७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ का सभामुख भन्छन्, ‘मानव अधिकारका कतिपय बिषय कानुन निर्माणसँग जोडिएको छ’

संवाददाता

विराटनगर । प्रदेश १ का समाभुख प्रदिपकुमार भण्डारीले मानव अधिकारमैत्री ब्यवहारमा सबै लाग्नु पर्ने बताएका छन् । अहिलेको अबस्थामा मानव अधिकारवादी संस्कृतिको विकास गरेर जानु पर्ने अबस्था रहेको उनले औल्याएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख भण्डारीले तीन तहको सरकार क्रियाशिल रहेको अबस्थामा तीनै तहको सरकारले मानव अधिकारको बिषयलाई गम्भीर रुपमा लिएको बताए । सभामुख भण्डारीले प्रदेश १ मा कानुन निर्माणको क्रममा रहेकोले संबिधानमा उल्लेख भएको बिषय कानुन निर्माण गरेर कार्यान्वायन लगिने स्पष्ट पारेका छन् । ‘धेरै मानव अधिकारका बिषयहरु कानुन निर्माणसँग जोडिएको बिषय भएकोले त्यस्ता बिषयलाई कानुन निर्माण गरेर कार्यान्वायनमा लग्नु पर्छ, उनले भने, कतिपय बिषयहरु कानुन निर्माणको क्रममा छ प्रदेश सभाबाट कानुन बनेर चाँडै आउने क्रममा रहेको छ ।’
बाहिरबाट हेर्दा काम नभएको जस्तो देखिएपनि प्रदेश सभाबाट सन्तोषजनक काम भएको उनले स्पष्ट पारे । कार्यक्रममा बोल्दै बिराटनगर महानगरपालिकाका नव निर्वाचित मेयर नागेश कोईरालाले मानव अधिकारको बिषय हरेक क्षेत्रमा जोडिएर आउने बिषय भएकोले यस बारेमा सबैको ध्यान जानु पर्ने बताए । महानगरपालिकाको जनप्रतिनिधिमा भर्खरै निर्वाचित भएर आएकोले धेरै बिषयहरु बुझ्दै गएको उनले बताए । मानव अधिकारमैत्री ब्यवहार कार्यालयबाट नै शुरु हुने खालका काम हुने उनले बताए । महानगरपालिका मानव अधिकारको बिषयमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव रामप्रसाद घिमिरे, प्रदेश १का मुख्यन्यायाधिबक्ता भोजराज श्रेष्ठ, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख जिल्ला अधिकारी काँशीराज दाहाल लगायतले मानव अधिकारको बिषय सबैको बिषय भएको बताए । मानव अधिकारका बिषय एउटाको मात्र जिम्मेवारी हो भनेर पन्छिन नमिल्ने भन्दै सबैको उत्तिकै दायित्व हुनेमा जोड दिए । मानव अधिकार आयोगका प्रदेश १ का प्रमुख नितु गड्तौलाले प्रदेश १ मा भएको मानव अधिकार उल्लंघनको अबस्थाको बारेमा जानकारी गराएकी थिईन् ।

यहाँ कमेन्ट गर्नुहोस्