१६ चैत्र २०८०, शुक्रबार

जिफन्ट प्रदेश १ को अध्यक्षमा धमला निर्विरोध

संवाददाता

विराटनगर । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) प्रदेश अध्यक्षमा किशोर धमला निर्विरोध निर्वाचित भएका छन्। शनिवार प्रदेश १ को राजधानी विराटनगरमा आयोजित जिफन्टको प्रथम जिल्ला अधिबेशनले प्रदेश १ को अध्यक्षमा पुनः धमला निर्विरोध भएका हुन् । उनी दोश्रो कार्यकालका लागि निर्विरोध भएका हुन् । त्यस्तै प्रदेश उपाध्यक्षमा शशी कुमार राई, सचिब सुर्यप्रसाद खवास निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शुष्मिता चौधरी, हरि राई, हरि बहादुर अधिकारी, शुखराज कटुवाल, सिता देवी बन्जरा काफ्ले, मन कुमारी मगर, नयेन्द्र बहादुर बिष्ट, सिता देवी उप्रेती, पुन्य प्रसाद गुरागाई, कृष्ण प्रसाद काफ्ले, राजेश साह, सिता राई, मिना जिसी, खेम राज पोखरेल, विष्णु राम राई रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष धमलाले श्रम ऐन र योगदानमा आधरित सामाजिक सुरक्षा कोषलाई कार्यन्वयन गराउने प्रतिवद्धता जनाएका छन् । स्थानिय तह र जिल्लाहरूमा श्रमिकहरूको निमित्त श्रम डेक्सको स्थापना गर्न आफ्नो पहल हुने उनको भनाई छ। १३७ पालिकामा र जिल्लाहरुमा श्रमिकको समस्याको सुनुवाइ गर्न श्रम समन्वय गठन गर्न प्रदेश सरकारलाई दबाव दिने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्