११ बैशाख २०८१, मंगलबार

मुल्यबृद्धिको विरोधमा रंगेलीमा निस्कियो मसाल जुलुस

संवाददाता

विराटनगर । मुल्यबृद्धिको विरोधमा मोरङको रंगेलीमा मसाल जुलुस निस्किएको छ। ईन्धन, ग्यासमा भएको अत्याधिक मुल्य बृद्धिको विरोधमा खेलकुद महासंघले मसाल जुलुस निकालेको हो । शनिवार साँझ रंगेली बसपार्कबाट मसाल जुलुस निस्किएको महासंघले जनाएको छ। रंगेली बसपार्कदेखि सुरु भएको मसाल जुलुसमा युवाहरुले मुल्यबृद्धि फिर्ता गर्नु पर्ने माग राखेका छन् । मसाल जुलुस रंगेली बसपार्क, मुख्य बजार र कालिमंन्दिर प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । ग्यास, पेट्रोल, डिजलमा सरकारले मुल्यवृद्धि गरेको भन्दै मुल्य वृद्धि खारेज गर्नु पर्ने आफुहरुको माग रहेको खेलकुद महासंघ मोरङका जिल्ला सचिव प्रकाश भट्टराईले बताए । महासंघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षप गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्