१४ बैशाख २०८१, शुक्रबार

विराटनगरको पुष्पलाल चोकमा स्थानीयको अबरोध

संवाददाता

विराटनगर । विराटनगरको पुष्पलाल चोकका स्थानीयले अत्याधिक टिप्पर दौडिएको भन्दै सडक अबरुद्ध गरेका छन् । लामो समयदेखि सडक निर्माणको कामले गति नलिएको र स्थानीय सरकारले सडक निर्माणमा चासो नदिएको भन्दै पुष्पलाल चोकमा सडक अबरुद्ध गरेका हुन् ।
बिहान ८ बजेदेखि अबरुद्ध भएको सडक अझै संचालनमा आउन सकेको छैन । प्रदेश सरकारले बनाउँदै गरेको पुष्पलालचोक–घिनाघाट सडकमा र पुष्पलाल चोकदेखि उत्तरको सडक लामो समयदेखि नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
पुष्पलालचोकदेखि सडक कालोपत्रे भएर राम्रो भएकोले त्यो क्षेत्रमा टिप्परलाई प्रबेश रोक लगाईएको तर उत्तर तर्फबाट पठाउँदा स्थानीयले धेरै समस्या झेल्नु परेकोमा पनि उनीहरुको बिरोध छ । तत्काल स्थानीयको समस्याको समाधान गर्न स्थानीय सरकारले पहल नगर्दां बन्दै गर्नु पर्ने अबस्था आएको स्थानीयको भनाई छ । स्थानीयले अत्याधिक टिप्पर चलेर घरमा बस्नै नसक्ने अबस्था आएपछि बन्द गरेर शुरु गरिएको आन्दोलन टिप्पर चालकहरु सहज रुपमा विराटनगर प्रबेश पाउनु पर्ने भनेर थप बल्झाएका छन् ।
पुष्पलाल चोक हुँदै राजबंशी चोकबाट कोशी राजमार्ग निस्किएर मात्र ढुवानीका साधन विराटनगर बजार जानु पर्ने झण्झट रहेको भन्दै तत्काल पुष्पलाल चोकबाट बजार छिर्न टिप्परलाई लगाईएको बन्देज फुकुवा गर्नु पर्ने माग टिप्पर चालकहरुको छ ।

यहाँ कमेन्ट गर्नुहोस्