११ बैशाख २०८१, मंगलबार

कटहरीमा मृत भेटिएका ब्यक्तिको हत्या भएको प्रहरीको दाबी, तीनजना पक्राउ

संवाददाता

विराटनगर । मोरङको कटहरी गाउपालिका २ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। बिहान खेतको आलिमा मृत भेटिएका श्रेष्ठको हत्या भएको प्रहरीको दाबी छ । हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ बर्षीय रविन भुजेल, कटहरी गाउँपालिका १ कै २९ बर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ बर्षीय नितेश चौधरी रहेका छन् ।
आईतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अबस्थामा फेला परेका थिए । मृत भेटिएका ब्यक्तिको बारेमा जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोलीले उनको हत्या भएको प्ररम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ गरेको थियो । घटनालाई सुक्ष्म रुपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आजै पक्राउ गर्न सफल भएको उनले बताए ।
आपसी विवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए । घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्