१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा नेपाल समूहको अखिल फोर्स गठन

संवाददाता

नेपाल समूहको अखिल फोर्स

विराटनगर । नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तिब्र बनाउने क्रममा शनिबार विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरेको छ ।

विराटनगर २ तीनपैनीमा रहेको पार्टी कार्यालयमा  विद्यार्थीहरुको भेला आयोजना गरी रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरेको हो । अखिल फोर्स विराटनगरको सहसंयोजकमा बिक्रम सिंह रहेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य महेश रेग्मीले केपी शर्मा ओलीहरुले पार्टी कार्यालयको ढोकामा ताल्चा लगाएर बसेभने नयाँ पार्टी खोल्ने विकल्प क्रान्तिकारीहरुसँग सुरक्षित हुने बताए ।

अनेरास्ववियूका केन्द्रीय सहअध्यक्ष ओसिम आलमको उपस्थितमा फोर्स गठन भएको हो । त्यस क्रममा विद्यार्थी नेता आलमले शिक्षा र राजनीतिक क्षेत्रमा रहेका माफियाहरुका विरुद्ध युवा विद्यार्थीहरुले सचेतना र परिवर्तनकारी अभियान सञ्चालन गर्ने बताए । कार्यक्रममा नेकपा एमाले मोरङका सचिवालय सदस्य पारुल क्षेत्री, युवा नेता नरेन्द्र वस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्