१५ बैशाख २०८१, शनिबार

‘प्रदेश सरकारको फाईँफुँई सकियो’

संवाददाता

विराटनगर । प्रदेश १ को मुख्य प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता भीम आचार्यले सरकारको आलोचना गरेका छन् । आफुले राजिनामा दिएपछि फाईँफाईँ फुईफुईँ गरेर आएको सरकारले यतिका दिनसम्म पनि प्रदेशको नाम दिन नसकेको बताए । प्रदेश १ सभाको दशौ तथा बजेट अधिबेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै आचार्यले सरकारको पहल कदमीमा प्रदेशको नामाकरणको बिषय आउनु पर्नेमा नाम दिने बिषय सेलाएको भन्दै आलोचना गरे । संघीयताको मर्मसँग जोडिएको प्रदेशको नाम दिन नसकेकोमा उनले सत्ता घटक नै अन्यौलमा देखिएको आफुले महसुस गरेको बताए ।

प्रदेश १ को सुशासनको अबस्था कमजोर रहेको उनको भनाई छ । विकासको क्षेत्रमा पनि काम गर्न नसकेको उनको आरोप छ । ‘प्रदेश कानुन अनुसार संरचना निर्माण भएको छ की छैन भन्ने मुख्य कुरा हो, आचार्यले भने, जनताको सेवा सुबिधा दिने संरचना नै अहिलेसम्म बन्न सकेको छैन, हप्ता दिनमा बनाउने संरचना, २ महिनामा बनाउने कानुन पनि बनाउन सकेका छैर्नौँ ।’ आचार्यले ५ बर्षमा गर्नु पर्ने धेरै कामहरु हुन नसकेको बताए । प्रदेश १ मा सरकारको औचित्यता पुष्टि गर्नको लागि निक्कै चुनौती रहेको उनको ठम्याई छ । ‘प्रश्न प्रदेश सभाको क्षमता माथि उठेको छ, उनले भने, हाम्रो कारणले सिंगो सिस्टम माथि प्रश्न उठेको छ ।’

प्रदेशको नाम कुन सरकारको नेतृत्वले टुग्यायो भनेर क्रेडिट लिने कुरासँग सम्बन्धित नभएर संघीयतासँग जोडिएको, संविधानसँगको प्रश्न भएको उनले स्पष्ट पारेका छन् । ’हामीले संघीयता स्थापित गर्यौँ, राजधानी र नामको बिषय राख्यौँ तर निर्णय गर्न सकेनौँ, उनले भने, सरकारले संसदको बहुमत कमाण्ड गरेको हुन्छ, बहुमत भएको अर्थमा त्यसको पहल सबै सरकारको जिम्मामा हुन्छ ।’ आचार्यले प्रदेशको नाम एक दुई महिनामा अहिलेको सरकारबाट होला भनेर आशा गरिएकोमा अहिलेसम्म आउँदा फाईँफुँई सकिएको टिप्पणी गरेका छन् । ‘आज आएर सरकारकै घटकले नामाकरण गर्नु पर्यो भनेर माग राख्नुभयो, म यहाँ आएपछि महसुस गरेँ उहाँहरुको भित्रै कुरा भएको रहेनछ, उनले भने, भुक्ने कुकुरले टोक्दैन भने झैँ भएको छ , नबर्षने मेघको धेरै गर्जन् मात्र हो ।’

यहाँ कमेन्ट गर्नुहोस्