१४ बैशाख २०८१, शुक्रबार

प्रदेश सभामा सांसदको प्रश्न, ‘सरकार किसानले कहिले मल पाउँछन् ?’

संवाददाता

विराटनगर । प्रदेश सभका सांंसदलहरुले प्रदेश नाम, कृषिमा किसानले पाएको समस्या र हत्यामा संलग्नलाई कार्वाही नगरेको बताएका छन् । प्रदेश सभाको दशौँ तथा बजेट अधिबेशनको दोश्रो वैठकको शुन्य समयमा बोल्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको समस्या र नागरिकका समसामयिक समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
झापाका प्रदेश सभा सदस्य हिराकुमार थापाले किसासनले किसानले मल पाउन नसकेको बताए । ‘सरकार किसानले मल कहिले पाउँछन् ? उनले सरकारलाई प्रश्न गर्दै भने, सरकार हामीले किसानलाई के भनेर जवाफ दिने ?’ मलको बारेमा किसानले प्रश्न गर्दा जनप्रतिनिधिको रुपमा गाउँमा जाँदा किसानलाई जवाफ दिने कुनै आधार नै नभएकोले तत्काल मल बिउको ब्यवस्था गर्न उनले सरकारलाई आग्रह गरे ।
धानको बिउ राख्ने बेला अबको केही दिन भित्रमा धान रोपाई शुरु हँुदैछ, किसानले मल बिउ पाउन सकेका छैनन, उनले भने, यो सरकारले हामीलाई कहिले मल ल्याएर दिन्छ भनेर जनतालाई जवाफ दिनु ? निरिह किसानले कहिले राहत पाउँछन् ? सरकारको जवाफ चाहन्छु ।’ सांसद थापाले अहिलेसम्म सरकारकाले गत बर्षको बाढीबाट क्षती ब्यहोरेका किसनले राहन पाउन नसकेको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
ताप्लेजुङका सांसद बलबहादुर सम्सोहाङले ताप्लेजुङमा हत्या भएका घटनाको बारेमा जानकारी गराउँदै हत्यामा संलग्नलाई कार्वाहीमा ल्याउन माग गरे । पोष्ट मार्टममा पार्टी छुट्याउने र शव परीक्षणमा समय लगाउने डा दिपेन्द्र बोखिमलाई स्पष्टीकरण सोध्न सरकारलाई ध्यानाकर्षण गराए ।
उदयपुरकी सांसद सञ्जा कुमारी दनुवारले प्रदेशको नाम एथासक्य चाँडो ल्याउने सरकारलाई आग्रह गरिन् । उनले अगामी आर्थिक बर्ष २०७९÷०८०को बजेट सँगै नाम पनि ल्याउनु पर्नेमा जोड दिएकी हुन् । ‘नयाँ अर्थिक बर्षसँगै आलोचना हैन, संरचनात्मक विकासमा लागेर प्रदेशको नाम राख्नु पर्छ, उनले भनिन्, सत्तापक्ष र प्रतिपक्ष दुबै जिम्मेवार भएर मिलेर प्रदेशको नाम ल्याउनु बुद्धिमतापुर्ण हुन्छ ।’
यसैबिच प्रदेश सभामा बिनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बारेमा सांसदले बोल्ने क्रम शुरु भएको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्