०७ बैशाख २०८१, शुक्रबार

विभेदपुर्ण लिङ्ग छनौट अन्त्य गर्ने सरकारको राष्ट्रिय रणनीति

संवाददाता

विराटनगर । संघीय सरकारले विभेदपुर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति योजना कार्यान्वायनमा लगेको छ । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पालिकासम्म रणनीति योजना कार्यान्वायन गर्ने जनाएको छ।
विभेदपुर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति वारेमा विराटनगरमा आयोजित प्रदेश स्तरीय कार्यशालामा लिङग पहिचानको आधारमा हुने सोचको अन्त्य गर्नको लागि २०७८ देखि २०८८ सम्म १० बर्षे रणनीति तयार गरेर मन्त्रालयले कार्यान्वायनमा लगेको मन्त्रालयका सहसचिव ईन्द्रमणी पोखरेलले जानकारी दिए । विभेदपुर्ण लिङ्ग छनौट अन्त्य गर्नका लागि मन्त्रालयले यो रणनीति कार्यान्वायनमा ल्याएको उनले बताए ।
केही तथ्य र सर्बेक्षणका आधारमा सरकारले विभेदपुर्ण लिङ्ग छनौट अन्त्य गर्नु पर्ने निश्कर्षमा पुगेर १० बर्षे रणनीति बनाएको छ । बालिका, किशोरी तथा महिलाहरुले सम्मानित, मर्यादित तथा अर्थपुर्ण जीवन ब्यतित गर्न सकुन् भन्ने उद्देश्य यो रणनीतिले लिएको मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीले बताईन् । प्रदेश र स्थानीय तहमा पनि समन्वय समिति बनाएर जाने बारेमा पनि रणनीतिक याजनामा उल्लेख गरिएको उनले जानकारी दिईन् ।
विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएनएफपिए र कृपाको समन्वयमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी नर्सिङ अधिकृत सोनालक्ष्मी कर्माचार्यले छोरा र छोरी बिचको खाडल कम गर्नको लागि राष्टिय रणनीति निर्माण गरिएको बताईन् । लैगिक समानता नीति हाँसिल गर्न, लिङ्गको आधारमा हुनेविभेद अन्त्य, लिङ्ग पहिचान गरि गरिने भ्रुण हत्यालाई कानुनले बर्जित गरेकोले त्यसलाई कार्यान्वायन गर्नु रणनीतिको मुख्य उद्देश्य रहेको उनले बताईन् । आगामी १० बर्षमा छोरा र छोरी बिचको सोच र ब्यवहार तथा दृष्टीकोणलाई परिर्वतन गर्ने गरि राष्ट्रिय रणनीति कार्यान्वायनमा लग्ने मन्त्रालयको जोड छ । सरकारले जारी गरेको रणनीतिले छोरीको महत्वलाई बढाउने, लैङ्गिक समानताको सुनिश्चितता गर्ने र शसक्तिकरण कार्यक्रम प्रभावकारी कार्यान्वायन गर्ने भनिएको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्