१४ बैशाख २०८१, शुक्रबार

मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाले दियो हेलिकोप्टर

संवाददाता

विराटनगर । देशकै पहिलो प्रबिधिक विश्वविद्यालय मनमोहन प्राबिधिक विश्वविद्यालयले पठनपाठनकालागि हेलिकोप्टर प्राप्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच नेपाली सेना अन्तर्गतको सैनिक वायु सेवाले प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय मार्फत मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकोप्टर उपलब्ध गराएको हो । एनए ०३९ चिताह हेलिकप्टर विश्वविद्यालयले प्राप्त गरेको छ ।
भारतीय सरकारले नेपाली सेनालाई उपलब्ध गराएको एनए ०३९ चिताह हेलिकोप्टर शैक्षिक स्तर सुधार गर्नको लागि भन्दै लामो प्रयास पछि सामाजिक विकास मन्त्रालय मार्फत विश्वबिद्यालयले प्राप्त गरेको हो । सामाजिक विकास मन्त्रालय मार्फत नेपाली सेनाले उपलब्ध गराएको हेलिकोप्टर विश्वबिद्यालयले प्राप्त गरेको विश्वबिद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए ।
एरोनेटिक्स ईन्जिनियर कार्यक्रम संचालन गर्न प्रयोगात्मक प्रयोजनका लागि हेलिकोप्टर आबश्यक पर्ने भएकोले झण्डै एक बर्ष बढी समयपछि हेलिकोप्टर प्राप्त गर्न सफल भएको पोखरेलले बताए । नेपाली सेनाको वायु सेवामा भएको कार्यक्रमका बिच हेलिकोप्टर हस्तान्तरणमा पुगेका प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनालीले हेलिकोप्टर मन्त्रालय मार्फत विश्वविद्यालयले प्राप्त गरेको बताए ।
नेपाली सेनाले उपलब्ध गराएको हेलिकोप्टर नयाँ किन्दा करिब ४० करोड बढी रकम लाग्ने बताईएको छ। यो हेलिकोप्टर प्राबिधिक विश्वविद्यालयले प्राप्त गर्र्न तात्कालिन रक्षामन्त्री ईश्वर पोखरेलको पहलबाट शुरु भएको थियो । प्राप्त भएको हेलिकोप्टरको प्रायोग मेकानिकल ईन्जिनियरिङ पढ्दै गरेका बिद्यार्थीहरुको लागि समेत प्रायोगात्मकमा उपयोगी हुने उनले उपकुलपछि पोखरेलले जानकारी दिए । प्राप्त हेलिकोप्टर विद्यार्थीको अध्ययनका लागि आएको हो, उनले भने, उडाउन सक्ने खालको भएपनि यो विद्यार्थीको प्रयोगात्मक सिकाईको लागि हो ।’

यहाँ कमेन्ट गर्नुहोस्