१४ बैशाख २०८१, शुक्रबार

निजामती कर्मचारी संगठनको प्रदेश अध्यक्षमा पराजुली सर्बसम्मत

संवाददाता

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा काँशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुर जिल्लाको गाईघाटमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्यसमितिका पराजुली सहित २६ सदस्यीय कार्य समिति सर्बसम्मत निर्वाचित भएको हो । संगठनको उपाध्यक्षमा झापाकी भिमा भट्टराई र उदयपुरका फणिन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । महासचिवमा सुनसरीका रेवती पोखरेल, सचिवमा झापाका राजु गिरी, मोरङका रमेश खतिवडा, ओखलढुंगाका प्रवल घिमिरे सर्बसम्मत भए । त्यस्तै कोषाध्यक्षमा झापाकै ठगेन्द्र पौडेल चयन भए ।
नव निर्वाचित अध्यक्ष पराजुलीले कर्मचारीको हित, नागरिकको सेवा प्रवाह लगायतमा संगठनले प्रभावकारी भुमिका खेल्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्