१३ बैशाख २०८१, बिहिबार

धरानको छोटी मोरङमा ४० फिटको बुद्धको प्रतिमाको अनावरण

संवाददाता

विराटनगर । सुनसरीको छोटी मोरङमा ४० फिट अग्लो बुद्धको प्रतिमा अनावरण गरिएको छ। धरान उपमहानगरपालिका वडा नम्बर ४ छोटी मोरङमा ४० फिटको बुद्धको प्रतिमा अनावरण गरिएको हो । प्रदेश प्रमुख परशुराम खापुङले प्रतिमाको अनावरण गरे ।
प्रदेश प्रमुख खापुङले छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताए । सूर्योदय बुद्ध विहारद्वारा ३५ लाख लागतमा निर्माण भएको बुद्धको प्रतिमाले धरान र भेडेटार क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै धरानको जलाधार क्षेत्रको संरक्षण हुने प्रदेश प्रमुख खापुङको दावी छ ।
सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थविरले विग थाउजेन्ड बुद्ध निर्माण हुँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले जलाधार क्षेत्र भनिए पनि यहाँको पानी जलाधार क्षेत्र तर्फ नबग्ने र पूर्व मोहडा भई बग्ने भएकोले यसले जलाधार क्षेत्रलाई असर नगर्ने उनले दाबी गरे । छोटी मोरङमा बुद्धको प्रतिमाको अनावरणले मानविय चहलपहल भई जलाधार क्षेत्रमा असर गर्ने भन्दै आलोचना हुँदै आएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्