०७ बैशाख २०८१, शुक्रबार

सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

संवाददाता

विराटनगर । तेह्रथुम र पाँचथरमा भएको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक फेदाप गाउँपालिका–५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा ट्याङकरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकरले र बिपरित दिशा तर्फ जाँदै गरेको को.५ प २३३० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्याक्टरको ठक्करबाट घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–७ सुनसरीका प्रेम घिसिङको उपचारको क्रममा बि.एण्ड.सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्