१५ बैशाख २०८१, शनिबार

सरकारको नीति विरुद्ध विराटनगरका ब्यापारी सडकमा

संवाददाता

विराटनगर । विराटनगरका ठुला तीन ब्यवसायीक संस्थाले सरकारको बिरुद्ध सडक आन्दोलन थालेको छ। ब्यवसायी संस्थाले शुरु गरेको आन्न्दोलनलाई चारवटा ट्रेड युनियनहरुले साथ दिएका छन् । एमएस वायर, स्यानिटरी प्याड र वनस्पति तेललाई बन्द गराउने गरि सरकारको बजेट नीति तथा कार्यक्रम आएको भन्दै यी उद्योगको संरक्षणको माग गर्दै संयुक्त आन्दोलन शुरु भएको हो । उद्योग सञ्चालक, ट्रेड युनियन, श्रमिक सहित आगामी आर्थिक वर्षको बजेटले उद्योगलाई धराशायी बनाउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।
विहिवार बुढीगंगा गाउँपालिकामा पर्ने धरान–विराटनगर सडक खण्डको गोकुवामा उद्योगीले र्याली सहित कोणसभा गरेर अबरुद्ध गरेका थिए । हुलास वायर इन्डस्ट्रिजबाट निस्किएको जुलुस स्थानीय औद्योगिक क्षेत्रको परिक्रमा गरि गोकुवा चोकमा कोणसभा गरेको थियो । उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले बुधवार संयुक्त पत्रकार सम्मेलन गर्दै मागहरु सम्बोधन नगरे सडक अबरोध गर्ने समेत चेतावनी दिएका थिए । यी तीन ब्यवसायीक संस्थाहरु सहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस समर्थित चार ट्रेड युनियनले संयुक्त आन्दोलनको थालनी गरेका हुन् । सरकारको नीतिले उद्योग धरासायी बन्ने खतरा रहेको भन्दै बुधबार नै उद्योगीले ट्रेड युनियनहरुलाई सहयोग गर्न आग्रह गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्