०६ बैशाख २०८१, बिहिबार

शकुन्तला मञ्जरीको ‘निरक्षर योगमाया’ कविता प्रथम

संवाददाता

विराटनगर । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा इटहरीकी कवि शकुन्तला मञ्जरी प्रथम भएकी छिन् ।
मोरङको झोराहाट नाट्य घरमा आयोजित प्रतियोगितामा मञ्जरीले ‘निरक्षर योगमाया’ शीर्षकको कविता वाचन गरेर प्रथम स्थान हासिल गरेकी हुन् । ‘घर’ शीर्षकको कविता वाचन गरेर हेटौडाका कवि बिर्खे अञ्जान द्वितीय र ‘अयोग्य सुन्दरी’ शीर्षकको कविता वाचन गरेर मोरङकी बविता घिमिरे तृतीय भईन् । इटहरीकी तारा पराजुली ढकाल र झापाका प्रचुर अभाव चौथो भएका छन् ।
ढकालले ‘आमालाई प्रश्न’, र प्रचुर अभावले ‘अनुत्तरित प्रश्न’ शीर्षकको कविता सुनाए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविहरुलाई क्रमशः १२, १०, ७ र ५ हजार नगद प्रदान गरिएको थियो । प्राज्ञ विवश पोखरेल, साहित्यकार मधु पोखरेल र शुभलक्ष्मी लम्सालको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष शशिकिरण र ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदार लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । कायृक्रममा प्रदेश–१ का प्रदेश सभा सदस्य विजय विश्वासले साहित्वको क्षेत्रमा ग्रामथान उर्बर बन्दै गएको बताए । झोराहाट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईं ‘बर्बरिक’ले नाट्य केन्द्रले लामो समयदेखि झोराहातमा कबिता र साहित्यमा योगदान दिँदै आएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्