०८ बैशाख २०८१, शनिबार

ईन्धनको मुल्यबृद्धिको विरोध गर्दा विराटनगरबाट पाँच जना पक्राउ

संवाददाता

विराटनगर । सरकारले बढाएको मूल्य वृद्धिको विरोधमा विराटनगरमा साना सवारी चालकले सडक अवरुद्ध गरेका छन् । नागरिकले थेग्नै नसक्नेगरि इन्धनको मूल्य बढाएको विरोधमा आन्दोलनमा उत्रिएका म्याजिक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहान ९ बजे विराटनगरको राजवंशी चोकमा जम्मा भएका म्याजिक व्यवसायीले सडकमा सवारी तेर्स्याएर सवारी आवागमन बन्द गराएका थिए । सवारी चालकहरूले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेर यातायात बन्द गराएका हुन् । सडक अवरोध गर्दा सार्वजनिक यातायातका साधनहरु सबै अवरुद्ध भएका थिए ।मूल्य फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका म्याजिक व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर अवरुद्ध सडक खुलाएको छ । प्रहरीले पक्राउ गरेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले ५ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका व्यक्तिको सम्बन्धमा प्रहरीले के गर्ने भन्ने जनाएको छैन । म्याजिक चालक संघले पक्राउको बारेमा विरोध जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्