१२ बैशाख २०८१, बुधबार

विराटनगरलाई सुधार गर्न एलिटका यस्तो सुझाव

संवाददाता

विराटनगर । एलिट क्लब विराटनगरले विराटनगरबासीको साझा चिन्ता र सरोकारलाई समेटेर लैजान महानगरपालिकालाई सुझाव दिईएको छ। विराटनगर महानगरपालिकाको नेतृत्वले विराटनगरको विकासका लागि ध्यान दिनु पर्ने कुराहरु समेटेर सुझाव दिएको हो । दिईएको सुझावमा कम्तीमा पन्ध्र वर्षको योजना तयार गरेर बृहत्तर विराटनगरको अवधारणा अनुरुप पञ्चवर्षीययोजना बनाइ त्यसलाई लक्षित गरेर वार्षिक नीति, कार्यक्रम, योजना र बजेट बनाउने परिपाटी बसाउन सुझाव दिईएको एलिट क्लबका महासचिव यज्ञ शर्माले जानकारी दिए ।
‘नगर विस्तारको गुरु योजना बनाइ वडा १९ तथा अन्य खुला ठाउँ रहेको क्षेत्रमा बाटाघाटा तथा भूउपयोगको खाका बनाउने, बिजुली, पानी जस्ता पूर्वाधारको व्यवस्था गरी सोही अनुरुप विकास निर्माण र सहरीकरणका कार्यक्रम अगाडि बढाउन भनिएको छ, उनले भने, बनेका सडकको नियमित मर्मत सम्भार, सडक, खानेपानी, दूरसञ्चार, विद्युत प्राधिकरण आदि सरकारी कार्यालय तथा संस्थानहरूसँग समन्वय गरी काम गरियोस् ।’
बजेट र नीति निर्माणमा नागरिक सहभागिता सुनिश्चित, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, दलित, पिछडावर्गको आवाज सुन्ने वातावरण बनाउन पनि एलिडले सुझाव दिएको छ। महानगर कार्यपालिकाको कार्यक्षमता बढाउनु पर्ने, कर्मचारी भर्तिकेन्द्र बनाईन नहुने, अनावश्यक कर्मचारी नराख्न, कार्यपालिकामा आउने नागरिकका लागि स्वयमसेवक सहितको सहायता डेस्क राख्नु पर्ने पनि भनेको छ। विराटनगरको मुख्य समस्या डुबान र बाढी भएकोले वर्षात् र बाढी सुरु हुनुअघि नै ढल निकासको समुचित प्रबन्ध मिलाउन, सडक र नाला नियमित रूपमा सफा गर्न, सडकमा घरभित्रको फोहर, पानीको बोत्तल, गुड्खा तथा खैनीको खोल जथाभावी फ्याँक्ने प्रवृति अन्त्य गर्न पनि सुझाव दिईएको छ।
सडकपेटीमा विरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र बालबालिका सुरिक्षत भएर हिड्न पाउनु पर्ने, निर्माण सामग्री र फुटपाथे पसल हटाउनु पर्ने, विरुवा रोप्न र सडकबाट फुटपाथमा जान ठाउँठाउँमा ¥याम्प राख्न पनि सुझाव दिईएको महासचिव शर्मा बताउँछन् ।

सिटी बस संचालन, बजारका मुख्य ठाउँमा खानेपानीको ब्यवस्था, हरेक वडामा महानगर स्वास्थ्य केन्द्र सञ्चालन गरी निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन पनि सुझाव दिएको छ। सुझावमा सरसफाई, हरियाली, बृक्षरोपण, नहर सफा गर्ने, खेलमैदान, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, खोला किनारबाट बाईपा सडक, खाली जमिनलार्य पार्किङ बनाउन, ऐलानी जमिनको लगत संकलन, ज्येष्ठ नागरिक पार्क, मनोरञ्जन पार्क, खेल मैदान, प्रदेशको राजधानीलाई ग्रेटर विराटनगरको अवधारणामा काम गर्न सुझाएको छ। टोल विकास संस्थालाई विकासको साझेदार बनाई काम विकास निर्माणको काम अघि बढाउन पनि भनिएको छ।
करको दायरा बढाउ
महानगरको राजस्व बढाउनका लागि करको दायरा बढाउन सुझाव दिएको छ। नाफाको उद्देश्यले सञ्चालित हरेक पसल, घरबहाल, खाजाघर, ब्युटिपार्लर, सैलुन,फर्म, क्लिनिक, विद्यालय तथा अस्पतालहरूलाई करको दायरामा ल्याउनु पर्ने, त्यसकोलागि स्वयम्सेवकहरू परिचालन गरी लगत संकलन गर्ने, छुटेका करदातालाई महानगरले लिने कर तथा शुल्कमा विशेष छुटको घोषणा गरी करको दायरामा पुनः जोड्ने । विराटनगरमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका जनताको लगत संकलन गरी परिचयपत्र वितरण गर्नु पर्ने । सीप विकासका लागि गुरुसँग चेला कार्यक्रम सञ्चालन गरियोस् । व्यवसाय गर्न आवश्यक सुरु पूँजीका लागि लघुवित्तसँग जोड्ने संयन्त्र बाउन पनि सुझाव दिएको छ।
शब बाहन सञ्चालन र विद्युतीय शव दाहगृह निर्माणमा ध्यान दिँदै आपतकालीन अवस्थाका विरामीका लागि विराटनगर भित्र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न पनि सुझाव दिएको एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजालले जानकारी दिए । विभिन्न २१ बँुदे सुृझावमा विराटनगरको शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्बाधर, सरसफाई, ट्राफिक ब्यवस्थापनकोलागि गर्न सकिने सहज सुझावहरु दिईएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्