१३ बैशाख २०८१, बिहिबार

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड, ११ महिनामा अनुमानको आधा पनि खर्च भएन

संवाददाता

विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट प्रस्तुत गरेको छ। कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ५५ करोड ३५ लाख ५० हजार बिनियोजन गरेकोछ । पूर्वाधार विकास तर्फ सबैभन्दा धेरै १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्र तर्फ २७ करोड ७३ लाख, सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ७ करोड७७ लाख र वातावरण तथा विपद ब्यवस्थापन तर्फ ३ करोड ६० लाख बिनियोजन गरिएको छ । विराटनगर महानगरपालिकाको दशौँ नगर सभामा आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले वडा स्तरीय आयोजनामा रु ४१ करोड ६८ लाख१७ हजार, नगरस्तरीय योजजनाका लागि ३० करोड, बहुबर्षीय तथा गौरबको आयोजनाका लागि २९ करोड, क्रमागत योजजनाको भुुक्तानीका लागि ४० करोड, आयुडिपी परियोजनाबाट निर्माण भएको कालोपत्रे सडक मर्मत सम्हारको लागि १४ करोड बजेट छुट्याईएको छ। अन्य पूर्बाधार तर्फ ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरक कोषमा ४ करोड ८० लाख विनियोजन गरिएको छ।
महानगरपालिकाले प्रस्तुत गरेको श्रोत सुनिश्चितताको आधारमा संघीय सरकारबाट प्राप्त हुने वितिय हस्तान्तरण तर्फ १ अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकार तर्फ ४ करोड ९१ लाख ९७ हजार, राजश्व् बाँडफाँडबाट रु १ अर्ब १३ करोड ९९ लाख ७० हजार अनुमान प्रस्तुत गरिएको छ। त्यस्तै आन्तरिक आय तर्फ १ अर्ब, जनसहभागीतामा ८ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख अन्य संघ संस्था ३ करोड ६० लाख हुने अनुमान छ ।
आर्थिक बर्ष २०७८÷७९को शंशोधित कुल अनुमानित आय ४ अर्ब ६३ करोड २ लाख ८१ हजार ५ सय रुपैयाँ प्रस्तुत गरिएकोमा साउन देखि जेठ मसान्तसम्मको ११ महिनामा २ अर्ब ३२ करोड ८१ लाख ६३ हजार १४५ रुपैयाँ मात्र भएको छ । कुल अनुमानित ब्ययमा पनि १ अर्ब ७४ करोड ६० लाख ५४ हजार १९७ रुपैयाँ मात्र खर्च भएको छ । पुँजीगत खर्च तर्फ २ अर्ब ५६ करोड७ लाख ३१ हजार ६८ रुपैयाँ अनुमान गरिएकोमा ८२ करोड ४ लाख ६११ रुपैयाँ मात्र ब्यय भएको नगरसभालाई जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्