१४ बैशाख २०८१, शुक्रबार

अवैध गाँजा सहित ३ जना पक्राउ

संवाददाता

विराटनगर । मोरङमा गाँजा सहित ३ जना पक्राउ परेका छन् । गएराती मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं.–५ बाट सडक किनारामा शंकास्पद रूपमा हिडिरहेका तीनजनालाई सोधपुछ गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका वडा नं.–८ बस्ने बर्ष ३० को सुरेन्द्र राई, बर्ष २९ को मिलन राई र बर्ष २९ कै बाला राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। चेकजाँचको क्रममा उनीहरुको साथबाट जेब्रा झोलामा ८ केजी गाँजा बरामद भएको प्रहरीको भनाई छ। पक्राउ परेका तिनैजनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्