०२ जेठ २०८१, बुधबार

सरकारको प्रथमिकतामा विराटनगर नपरेपछि स्थानिय नेता काठमाडौँमा

संवाददाता

विराटनगर । चुनाव नजिकिँदै गर्दा विराटनगरको विकासको बिषयलाई लिएर कांग्रेसका नेताहरु काठमाडौँ दौडधुपमा देखिएका छन् । आन्तरिक कामले काठमाडौँ गएका भएपनि उनीहरुले विराटनगरको विकाससँग जोडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको बताईएको छ। आइतबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगर पालिकाका पूर्व मेयर तथा नेका केन्द्रिय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेका हुन् । २० बर्षदेखी विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो ।
विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानियको मुआब्जा पनि विरतण नगरिएको कारण स्थानियले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए ।
आधा घण्टा धैर्य पूर्वक विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनरको रिङ रोड सिलान्यास भएको ४० बर्ष पुग्दा पनि नबनेको, विराटनगरको ढुवानको समस्या समाधान नभएको, प्रर्दशनी स्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राखेका थिए ।
अमृत अर्यालका अनुसार प्रधानमन्त्रीले विराटनगरको विकासका लागि आफु लाग्ने आवश्वास दिएको बताए । प्रधानमन्त्रीले विराटनगर विमानस्थल पीडितको समस्या नयाँ नागरिक उड्ययन मन्त्री आएपछि आफुले तत्काल जग्गा फुक्का गरिदिन भन्ने र पछि बजेटको व्यवास्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन काम अघि बढाउने बताए ।
प्रधानमन्त्रीसंगको साक्षात्कारमा अर्याल र पराजुलीसंगै विराटनगरबाट भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, प्रदिप भगत सहभागि थिए ।

यहाँ कमेन्ट गर्नुहोस्