०१ जेठ २०८१, मंगलबार

प्रदेश १ मा निरन्तरको बर्षा

संवाददाता

विराटनगर । प्रदेश १ मा निरन्तरको बर्षाको कारण अधिकांश स्थान जलमग्न भएकोछ । रातीदेखि परेको अबिरल बर्षाका कारण झापा, मोरङ, सुनसरीका अधिकांश स्थान जलग्न भएकोछ । लागातारको बर्षाको कारण केही क्षेत्रहरु डुवानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागले प्रदेश १ को मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरीखोला लगायतका खोलाहरुमा पानीको सतह बढ्ने जनाएकोछ । मौसम विभागले तराई र चुरे पहाड भएर बहने साना नदीहरूमा बाढीको जोखिम बढ्ने तथा तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । प्रदेश १ मा आज दिनभरी नै बर्षा हुने अनुमान सहित सतर्कता अपनाउन विभागको आग्रह छ । सुनसरी र मोरङको बुढीखोला र मोरङको सिँगिया खोलामा पानीको सतह बढेपछि अहिले खोला किनारका नागरिकलाई सुरक्षित रहन भनिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएकोछ । डुवान भएका क्षेत्र, खोला किनारको बस्तीका नागरिक जोखिममा पर्ने अबस्थालाई ध्यानमा राखेर टोली तयारी अबस्थामा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्