२४ बैशाख २०८१, सोमबार

स्थानीय तह निर्वाचनको समिक्षा, मतदाता शिक्षा नदिँदा मत बदर बढ्यो

संवाददाता

विराटनगर । स्थानीय तहमा भएको बदरको मतलाई आधार बनाएर निर्वाचन अनुगमन गर्ने संघ संस्थाले आगामी दिनमा निर्वाचन आयोगले सुधार गर्नु पर्ने बताएका छन् । बदर मत सुधार गर्नको लागि निर्वाचन आयोगले अहिले देखि नै आफ्नो योजना केन्द्रीत गर्नु पर्ने बताएका छन् । शान्तिकालागि साझा अभियान कोकापले स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा विराटनगरमा आयोजना गरेको प्रदेशिक समिक्षा कार्यक्रममा सहभागीहरुले निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न मेहनत भएको देखिएपनि बदर मत ब्यवस्थापनमा आयोगले भुमिका बढाउनु पर्ने बताएका हुन् ।
स्थानीय तह निर्वाभनमा तीन दर्जन भन्दा बढी संघ संस्थाहरुले निर्वाचनको पर्यवेक्षण गरी सोको प्रारम्भिक पैतिवेदन निर्वाचन आयोग समक्ष पेश गरि सकेको भएपनि आगामी दिनमा निर्वाचन लक्षित योजना निर्माणको लागि समिक्षाले भुमिका खेल्ने बताए । स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्ने संस्था, नागरिक समाज र पत्रकार लगायतले निर्वाचन भय रहित रुपमा सम्पन्न भएपनि निर्वाचनको सन्दर्भमा धेरै बिषयहरु सुधार गरेर जानु पर्ने अबस्था रहकेको बताए ।
मानव अधिकार आयोग प्रदेश १ कार्यालयका प्रमुख निरु बर्तौलाले मतदान केन्द्र अत्यन्त समस्याग्रस्त रहेको बताईन् । आयोगले धेरै निर्वाचन केन्द्रहरुको बिकल्प पनि खोज्नु पर्ने अबस्था रहेको बताईन् । उनले निर्वाचन आयोगले एक चरणमा मात्र निर्वाचन सम्पन्न गर्दापनि चलखेल गर्न नपाउँदा निर्वाचन शन्तिपुर्ण रुपमा भएको बिश्लेषण गर्न सकिने उनको तर्क छ । कतिपय अबस्थामा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको कारण धेरै मतहरु बदर हुने तर उम्मेदवारले दुई–चार मतको फरकमा हारेको पाईएको पनि बताए । त्यस्तो अबस्थामा जिम्मेवार नबन्ने कर्मचारीलाई कार्वाही गर्नु पर्ने बताएका छन् ।
पत्रकार यज्ञ शर्माले दलहरु प्रति केही चुनौती पनि थपेको बताए । ठुला भनिएका सहरहरुमा स्वतन्त्र उम्मेदवारको बिजयले पनि दलहरुलाई सच्चिनु पर्ने खालको चुनौती स्थानीय तहको निर्वाचनले गरेको बताए । गैरसरकारी संस्था महासंघका उमेश विश्वकर्माले दलहरुले आफ्नो भोट माग्ने बाहेकका कुनै पनि मतदाता शिक्षा नदिईएको सुनाए । मतदाता शिक्षामा आयोगले ध्यान दिनु पर्ने बताए । स्थानीय तहको निर्वाचनमा २०७४ सालमा जितेका उम्मेदवार यो पटकको निर्वाचनमा केही बाहेक धेरै पराजित भएको सहभागीले बताएका थिए । सिविनका कार्यक्रम संयोजक बासु अधिकारीले मनोनयन दर्ताको दिन दलहरुले बिद्यालय पोसाकमा नै बालबालिकालाई झण्डा बोकाएर ल्याएको सुनाए । यो पटकका स्थानीय तहको निर्वाचनमा पनि बालबालिकाको प्रयोग नरोकिएको सुनाए । तर अघिल्लो निर्वाचनमा भन्दा बालबालिकाको प्रयोग भने घटेको बताए ।
कोकापका कार्यक्रम संयोजक राजकुमार बुढाले स्थानीय तह निर्वाचन, निर्वाचन परिणाम लगायतको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष राजनारायण यादव, कोकाप संस्थाका प्रकाश परियारले संस्थाले निर्वाचन लक्षित गरेका कार्यको बारेमा जानकारी गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्