०७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ को बजेट बहुमतले पारित, प्रदेश सभाको अर्को बैठक अनिश्चित

संवाददाता

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विधियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । आईतबार बसेको प्रदेश १ सभाको बजेट अधिबेशनको बैठकले आर्थिक बिधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको थियो ।
एमालेको तर्फबाट बुद्धिकुमार राजभण्डारी, बलबहादुर साम्सोहाङ, बिमल कार्की, अछुमन तिवारीले प्रदेश बिनियोजन विधेयक २०७९ मा बजेटको सेवा तथा परामर्श शिर्षकमा एक सय रुपैयाँ घटाईयोस भनी खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले दलको तर्फबाट २२४०० बजेट शिर्षको १ सय रुपैयाँ खर्च कटौति गर्नु पर्ने बताए । सांसद न्यौपानेले राखेको प्रस्तावको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले २२४०० बजेट शिर्षक सुशासनसँग जोडिएको कुरामा सरकार सचेत रहेको बताए । खर्च कटौती गरिरहनु पर्ने अबस्था नरहेकोले सरकार आर्थिक पारदर्शिताको रुपमा जिम्मेवार रहेको बताए । मन्त्री आङ्बोको ४ पटक सम्म बजेट ल्याउने मन्त्रीको रुपमा मौका पाएकोमा खुसी ब्यक्त गर्दै बजेटको सीमा भित्र रहेर बजेट आएको बताए ।
प्रदेश सरकारको अधिकतम श्रोत र साधनको प्रयोग गर्दै बजेट कार्यान्वायन गर्ने गरि बजेटलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको सुनाए । प्रदेश सभामा बजेट कटौती माथि राखिएको प्रस्तावलाई अस्वीकृत गर्दैे विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले नै पारित भएको हो ।
बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । कृषिलाई २ अर्ब ५९ करोड, खानेपानी, सिचाई तथा उर्जामा ६ अर्ब २ करोड ५६ लाख, पर्यटन तथा संस्कृतीमा १ अर्ब १३ करोड ९८ लाख, स्वास्थ्यमा ३ अर्ब ६७ करोड ७७ लाख, सामाजिक विकासमा २५ करोड, यातायात तथा संचार क्षेत्रमा ३० करोड ५० लाख, सुशासन तथा क्षमता विकासमा ९० करोड, भुमि ब्यवस्था तथा सहकारीमा २५ करोड ६१ लाख, उद्योगमा ४६ करोड ८८ लाख, शान्ति सुरक्षामा ५७ करोड र वन वातारण क्षेत्रमा १ अर्ब ८२ करोड ३० लाख बजेट छ । बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अर्को सुचना जारी नहुँदासम्मको लागि स्थगिगत भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्