०७ बैशाख २०८१, शुक्रबार

पाँचथरमा पहिरोमा परी तीनजनाको मृत्यु, एकजनाको सकुशल उद्दार

संवाददाता

विराटनगर । पाँचथरको फालेलुङमा गएको पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। फालेलुङ गाँउपालिका वडा नम्बर ७ बिदीनमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेका १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको छ । पहिरोमा पुरिए बेपत्ता भएकाहरुको खोज तलासको क्रममा ५५ बर्षीय रुपलाल मगर र उनको ४२ बर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगरलाई पहिरोमा पुरिएको अबस्थामा आज बिहान शव फेला पारेको हो । शुक्रबार रातीको बर्षाले मगरको घर पहिरोमा परेको थियो । शुक्रबारदेखि उद्दारमा खटिएको प्रहरी टोलीले आज बिहान शब फेला पारेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्