१४ बैशाख २०८१, शुक्रबार

व्याण्ड भर्सेस ब्राण्ड :आयो कार्यदलको प्रतिबेदन

संवाददाता

सामाजिक विकास मन्त्री उषाकला राईलाई प्रतिबेदन बुझाउँदै कार्यददलका सदस्यहरु

विराटनगर । कानुनत बर्जित गरिएको लोकल रक्सीको ब्रण्डिङ गर्ने भन्दै प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहिलो निर्णय हो । उनी मन्त्री भएर आएपछि व्याण्ड भर्सेस ब्राण्डलाई लिएर उनले सम्भाब्यता अध्ययनका लागि कार्यदल नै बनाईन् । सरकारी कार्यदलले सरकारलाई प्रतिबेदन सोमबार मात्र बुझाएको छ। कार्यदलले सम्भाब्यताको अध्ययन गरि प्रतिबेदन सामाजिक विकास मन्त्री राईलाई बुझाएको हो ।

राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको मन्त्री राईको दाबी छ। मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको उनले बताईन् । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्राण्डिङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन बुझ्दै मन्त्री राईले प्रदेश १ को श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताईन् । कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्नेछ, मन्त्री राई भन्छिन्, समृद्धिको ढोका खोल्ने काम व्याण्ड भर्सेस ब्राण्डले ग¥यो ।’

प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने दाबी गर्दै राईले अहिले बनमारा उम्रिएको ठाउँको सदुपयोग हुने बताईन् । अब बनमारा मासेर कोदोको उत्पादन शुरु हुन्छ, उनले भनिन्, गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपीने छ ।’ नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारी गर्ने दाबी मन्त्रीको छ।
विदेशीहरु नेपाली रक्सी खोजेर बसेको बताएकी राईले माग अनुसार नेपालले उत्पादन दिन नसकेको उनभो भनाई छ।
व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको बताउँदै योसँग जोडेरे सयौँ योजनाहरु आउने दाबी उनले गरिन् । नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने दाबी गरिएको छ। गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने राई दाबी गरिन् ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताए । कार्यदलले प्रदेश १ का १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधि लगायतसँग छलफल गरेर प्रतिवेदन तयार गरेको लोक्सोमले बताए ।
कार्यदलमा को थिए?
गत बैशाख १३ गते प्रदेश सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेको थियो । प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्ली प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ थिए । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई थिए । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि बनाईएको कार्यदलले झण्डै ३ महिना १७ दिन लगाएर प्रतिबेदन सामाजिक विकास मन्त्री उषाकला राईलाई बुझाएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्