०८ बैशाख २०८१, शनिबार

प्रदेशसभामा हिमा बस्नेतको ‘ईन्ट्री’

संवाददाता

विराटनगर । प्रदेश सभाको सदस्यमा धनकुटाकी हिमा बस्नेतले सपथ लिएकी छिन् । एक कार्यक्रमका बिच प्रदेश १ संसद सचिवालयमा भएको कार्यक्रममा प्रदेश १का सभामुख प्रदिपकुमार भण्डारीले बस्नेतलाई सपथ गराएका हुन् । प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजिनामा दिएसँगै समानुपातिको पाँचौँ बरियतामा रहेकी बस्नेतलाई निर्वाचन आयोगले मनोनित गरेसँगै उनलाई सभामुखले सपथ गराएका हुन् ।
प्रदेश नं १ प्रदेश सभा सदस्यको नेकपा (एमाले)को तर्फको रिक्त रहेको एक जना समानुपातिक सिटमा एमाले नेत्री बस्नेतलाई प्रदेश सभा सदस्यमा मनोनियत गर्ने निर्णय भएको हो । नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले २०७९ असार १५ गते देखि लागु हुनेगरि पदबाट राजीनामा दिएकी थिइन् ।
अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन् । नेकपा एमालेको प्रदेश १ कमिटि सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगको असार २० गतेको पत्रले बस्नेतलाई मंगलवार प्रदेश सभामा सपथ गराईएको हो । मनोनित भएकी प्रदेश सभा सदस्य बस्नेतलाई सभामुख भण्डारी सहित मुख्यमन्त्री राजेन्द्र राई, उपसभामुख सरस्वती पोखरेल, एमाले संसदीय दलका नेता भिम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजिब कोईराला, स्वास्थ्यमन्त्री जयराम यादव तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे लगायतले बधाई दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्