१६ चैत्र २०८०, शुक्रबार

प्रदेश १ का स्वाथ्यमन्त्री भन्छन्, ‘नागरिक निःशुल्क सेवाको अधिकारबाट बञ्चित छन्’

संवाददाता

विराटनगर । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमअघि बढाएको बताएका छन् । विराटनगरमा प्रदेश  स्वास्थ्य निर्देशनालयले आयोजना गरेको स्वास्थ्य कार्यक्रमको अबस्थाको जानकारी तथा भाबी कार्ययोजना सम्बन्धि प्रदेश स्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले नागरिक नागरिक निःशुल्क स्वास्थ्य सेवाबाट वञ्चित रहेको बताए ।
प्रदेश १ को सुगम जिल्ला भनेर चिनिएको झापा, मोरङ र सुनसरी जिल्ला भएपनि यीनै जिल्लाका नागरिकले पनि अझै निःशुल्क स्वास्थ्य सेवा पाउन नसकेको मन्त्री यादवले सुनाए । झापा, मोरङ सुनसरीका केही जिल्लाहरु सदरमुकाम पुग्नका लागि उपचारको लागि दिनभरी हिड्नु पर्ने अबस्था छ, मन्त्री यादवले भने, त्यस्ता ठाउँमा स्वास्थ्य सेवा पुर्याउन र स्वास्थ्य क्षेत्रको स्तरोन्नतीका लागि हामी अग्रसर भएर लागेका छौँ । आगामी आर्थिक बर्षको लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख बजेट बिनियोजन गरि मेची अस्पताललाई प्रदेश स्तरीय अस्पतालको रुपमा विकास गरिएको बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि स्वास्थ्य चौकी, जिल्ला अस्पतालसँगै आयुर्वेद अस्पताललाई ब्यवस्थित गर्ने र नागरिकलाई दिईने सेवालाई प्रभावकारी बनाई निःशुल्क बनाउने गरि सरकारले कामलाई अघि बढाएको बताए । उनले मन्त्रालयले पत्रकार र मन्त्रालय बिचको समन्वय बढाउन सुचनालाई प्रभावकारी बनाईने पनि जनाए ।
स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. अनुज भट्टचनले स्वास्थ्य क्षेत्रका समस्या पत्रकारले उठाउनु पर्ने बिषय र स्वास्थ्य क्षेत्रमा सुधारको लागि मनत्रालयले थालेको कामलाई नागरिकसम्म लग्न सहयोग पुग्ने बताए । कोभिड १९ को महामारी पछि स्वास्थ्य क्षेत्रको महत्व बढेर गएको बताएका प्रदेश सचिव भट्टचनले कोभिड महामारीमा मिडियाले खेलेको भुमिकाको प्रशंसा गरे । स्वास्थ्य क्षेत्रको कलम चलाउने बिषय नागरिकसँग जोडिने भएकोले स्वास्थ्य नीति, स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक भुमिका खेल्न उनले आग्रह गरे । कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयबेन्द्र यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतलले भेगमा रहेको स्वास्थ्य क्षेत्र प्राबिधिक बिषयलाई पत्रकारले महत्व दिनु पर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्