०४ बैशाख २०८१, मंगलबार

सुनको सिक्री घाँटीबाट थुतेर भाग्ने पक्राउ

संवाददाता

झापा ।घाटीमा लगाएको सुनको सिक्री थुती भागेको आरोपमा एक जनालाई प्रहरीले झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् । रायले हिजो बेलुका बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेको प्रहरीले जनाएको छ। घटनापछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्