१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

संवाददाता

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका –१३ रोडशेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाँउपालिका २ अमडुवाका ४५ बर्षीय सनेन्दर राय रहेका छन् । गएराती उत्तरबाट दक्षिण तर्फ जादै गरेको भारतीय ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भिर घाईते भएका रायको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्