१६ चैत्र २०८०, शुक्रबार

विराटनगरका ब्यापारीको संधैको समस्या मिरगञ्जपुल

संवाददाता

विराटनगर । विराटनगरसँग जोड्ने लाईफलाईन मिरगन्जकोे पुल मर्मतको नाममा लामो समयदेखि जोगवानी नाकाबाट भित्रने मालबहाक सवारीलाई आवत जावतमा समस्या देखिएको छ । ब्यापारी संस्थाहरुले लामो समयदेखि सरकारी निकाय, भारतीय अधिकारीहरुलाई नयाँ निर्माण भएको पुल संचालनको लागि दवाव दिँदै आएको भएपनि सुनुवाई हुन सकेको छैन । जोगवनीबाट नेपाल प्रबेश गर्नु पर्ने मालबहाक सवारी अहिले पनि रिरुटबाट भान्टाबारी हुँदै बिराटनगरमा भन्सार तिरेर बिभिन्न क्षेत्रमा लग्ने गरिएको छ । अघोषित नाकान्दीको रुपमा लिएका ब्यापारीले आगामी अगस्त २ भित्रै नयाँ पुल संचालन गर्ने भनेर भारतीय पक्षबाट आश्वासन ने पाउन छाडेका छैनन् । सोमबार अररीया (विहार)की डिष्ट्रिक्ट मजिस्टे«ट (डि.एम.) इनायत खानलाई भेटेका मोेरङ ब्यापार संघका पदाधिकारीले भेटेर ज्ञापन पत्र बुझाएका थिए । बथनाहा–जोगबनी सडक खण्डमा मीरगञ्ज पुल छेउमा निर्मित नयाँ आर.सी.सी. पुललाई आगामी अगस्त २ तारिक भित्र संचालनमा ल्याउने आश्वासन भारतीय डिएम खानले दिएकी छिन् ।
जिर्णोद्वार गरिएको मीरगञ्ज पुलमा हाल कायम गरिएको ८ टन मात्रको न्यून भार क्षमता रहेकोले त्यो बारेमा जानकारी लिएर नयाँ निर्माण भएको पुल संचालनको लागि उनले आश्वासन दिएकी हुन् । तत्कालका लागि प्रहरी प्रशासनकै निगरानीमा भएपनि मर्मत हुँदै गरेको पुलबाट खाली गाडीहरु भारत फिर्ता जान दिने व्यवस्था मिलाउन पनि संघले आग्रह गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्