१५ बैशाख २०८१, शनिबार

पुरस्कार वितरणमा मैथिली क्षेत्रको उपेक्षा भएको आरोप, सरकारको कार्यक्रम स्थलमै बिरोध

क्लिक विराटनगर

विराटनगर । विराटनगरमा मंगलवार दिउँसो गुरुकुलमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी थिए प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइ । बिहानको करिब १० बज्दा नबज्दै आरोहण गुरुकुलको सभाहल भरिन थालिसकेको थियो । प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम समयमा नै शुरु हुने आशा सहित उपस्थित भएका थुप्रै श्रष्टाहरु कार्यक्रम शुरु गर्नको लागि दिईएको समय १० बजेको सेरोफेरोमा उपस्थित भईसकेका थिए ।
प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा प्रदेश १ का १९ जना श्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो । पर्यटन तथा संस्कृती मन्त्री खिनु लङ्वा लिम्बु साँढे १० बजे भन्दा अगाडी नै कार्यक्रममा आई सकेकि थिईन् । कार्यक्रमका प्रमुख अतिथी भनिएका मुख्यमन्त्री राजेन्द्र राई समयमा कार्यक्रममा पुगेनन् । कार्यक्रम शुरु गर्नु भन्दा करिब अढाई घण्टा भन्दा ढिलो आईपुगेको कार्यक्रममा सहभागीहरु बताउँछन् । ‘मुख्यमन्त्री आउँदासम्म हामी दिक्क भईसकेका थियौँ, कार्यक्रमा सहभागी हुन आएका एक श्रष्टाले भने, हामीलाई समयमा नै कार्यक्रम शुरु होला भन्ने लागेको थियो तर निक्कै ढिला भयो ।’
गलजकाल विनोद घिमिरेले बिहान १०ः३० बजे हुने भनेको कार्यक्रम भनेर दिउँसो १ बजेर १५ मिनेटमा सुरु गर्नु भनेको संसारको सबै भन्दा लज्जास्पद हास्यास्पद कार्यक्रम भएको बताएका छन् । उनले प्रदेश सरकारको मुख्यमन्त्री जस्तो जिम्मेवार व्यतिmबाट पूरा दुइ।दुइ घण्टा ढिलो कार्यक्रममा उपस्थित हुनु भनेको गैर जिम्मेदारी देखिएको बताए । ‘कार्यक्रम स्थल फितलो लाग्यो यति धेरै स्रष्टालाई सम्मान गर्दा सम्मानित सर्जक कहाँ छन् पूरा दुरविन लगाएर खोज्नु पर्ने आलको अबस्था देखिएको उनले सामाजिक संजालमा लेखेका छन् । ‘पूरा अव्यबस्थित हुनु भनेको श्रष्टाकोलागि दुखत कुरा भएको छ्, खैर जे जस्तो भएपनि साहित्यमा कलम चलाउने स्रष्टा सम्मानित हुने नजिर बसेको छ, उनले भनेका छन, हामी सबै स्रष्टालाई हार्दिक बधाई छ।’
तात्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुचना आब्हान गरेर छनौट भएका श्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने परम्पराको थालनी गरेका थिए । त्यही पराम्परालाई निरन्तरता दिँदै यो बर्ष १९ जना श्रष्टालाई नगद सहित सम्मान गरिएको छ ।
सरकारले यो बर्षको बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान २०७९बाट दुई जनालाई सम्मान गरेको छ। प्रा. डा गोविन्द तुम्वाङलाई र प्रा.डा. कालुराम खम्बु पुरस्कृत भए । प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान २०७९ बाट मनु मन्जिल, गोवर्धन तामाङ , विजय श्रेष्ठ, भरत गुरागाई, ममता गिरी, गोपाल देवान, वीरबहादुर लाप्चालाई पुरस्कृत गरिएको छ। हरि कट्टेल, मान सिंह थुलुङ, महेन्द्र राई, जयन्तीरमण कण्ठ, नवराज राई लाई पनि पुरस्कृत गरिएको छ।
त्यस्तै नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार(२०७९ बाट ५ जना पुरस्कृत भएका छन् । लीला उप्रेती, यशोदाकुमारी लम्साल, चेतन आङ्थुपो, मधुराज केरुङ र, विमला चिमोरिया पनि पुरस्कृत भएका छन् ।
सम्मानको विरोध
श्रष्टा सम्मानको नेपाल मैथिली एशोसिएशन नेपालले बिरोध जनाएको छ। भाषाभाषीको साहित्य र कलाको सम्मान गर्न नसकेको भन्दै उसले कालो ब्यानर सहित कार्यक्रम स्थल बाहिर बिरोध गरेको हो । एशोसिएशनका अध्यक्ष प्रबिन नारायण चौधरीले यो सम्मानले मैथिली भाषी माथी दमन र अपमान गरेको बताए । यति धेरै पुरस्कारमा एक जना पनि मैथिली कलाकार नपर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ।
मैथिलीसँग सम्बन्धित संघ संस्थालाई उपेक्षा गरेको मैथिली विकास अभियान अध्ययनका अध्यक्ष पंकज बर्माले बताए । ‘सबै बिधालाई पुरस्कृत गरिँदै छ भने कुनैपनि बिधालाई छोड्नु हुँदैन थियो, उनले भने, हाम्रो मैथिली बिधाको श्रष्टालाई उपेक्षा गरिएपछि हामी बिरोध प्रदर्शनमा नै उत्रिनु पर्ने अबस्था आयो । ’ मैथिली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने मधेशी जो सुकै नेपालीलाई सम्मान तथा पुरस्कार दिनु पर्ने उनीहरुको माग थियो ।
विरोधमा आएका मैथिली अभियानकर्मीले मुख्यमन्त्रीलाई पनि त्यो बिषयमा ध्यानार्षण गराएका थिए । मुख्यमन्त्री राईले भने असन्तुष्ट पक्षको कुरा सुन्दै आगामी बर्ष अहिलेको विषयलाई सम्बोधन गर्ने बताए ।मुख्यमन्त्री राईले उनकै सरकारको पालामा फेरी पुरस्कार दिन सकिने भएकोले त्यो बेला सबै कुरा बिचार गर्ने बताउदै उनले कार्यबिधी बनाएर पुरुस्कार बितरण गरिने प्रतिबद्धता ब्यक्त गरे ।

यहाँ कमेन्ट गर्नुहोस्