०७ बैशाख २०८१, शुक्रबार

एक बर्षमा प्रदेश १मा प्रहरीमा ८ हजार ५५ मुद्दा दर्ता, ३९ करोड २१ लाख राजश्व संकलन

संवाददाता

विराटनगर । प्रदेश १ मा प्रहरीले एक बर्षको अबधिमा ८ हजर ५५ वटा मुद्दा दर्ता गरेको छ। १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा आर्थिक २०७८-०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यो समयमा प्रहरीले ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन गरेको छ। समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुरुप उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविन राईले जानकारी दिए । ‘आर्थिक बर्ष२०७८।०७९मा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धि सिर्षकमा मुद्धा दर्ता भई कानुनि कारवाही भएको छ, उनले भने, ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट भईसकेको छ ।’ फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको उनले बताए ।
यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जनालाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरि ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासीमा संलग्न ४७ जना पक्राउ परेका छन् । ४ हजार ६ सय ४८ क्यू.फिट. काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन गरेको प्रवक्ता राईले बताए ।
सोही अबधिमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधन कार्वाहीमा परेका छन्। जसबाट १८ करोड १ लाख ५९ हजार राजश्व संकलन भएको छ । प्रहरी यो एक बर्षको अबधिमा लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७ मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा पनि नष्ट गरिएको जनाएको छ । प्रहरीले एक बर्षको बिचमा १ हजार ८ सय ६४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ। प्रहरी आचरण बिपरित कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरुलाई बिभागिय कार्वाही गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्