११ बैशाख २०८१, मंगलबार

नेपालीको भारत आउजाउलाई सहज बनाउन रेल यात्रा सहजीकरण समिति गठन

संवाददाता

विराटनगर । नेपालबाट जोगवनी हुँदै भारतको विभिन्न ठाउँहरु जाने नेपालीहरुको लागि सहजीकरण गर्न सहजीकरण समिति बनेको छ। रेलको माध्यमबाट यात्रा गर्ने नेपाली यात्रुहरुको सहजीकरणको निम्ति राजेश शर्माको अधयक्षतामा १५ सदस्यीय नेपाल भारत रेल यात्रु सहजीकरण समिति गठन भएको हो । शैक्षिक, व्यापारिक, धार्मिक, भारत भ्रमण वा स्वास्थ उपचारको निम्ति नेपालबाट भारत जाने नेपाली यात्रुहरुको रोजाई रेल यात्रा हुने गरेकोले यात्रालाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले विराटनगरमा नेपाल भारत रेल यात्रु सहजीकरण समिति गठन भएको हो ।
राजेश कुमार शर्माको अध्यक्षतामा गठन भएको उक्त रेल यात्रु सहजीकरण समितिमा उपाध्यक्ष दिलीपकुमार शर्मा र पवनकुमार शाह, सचिवमा विकासकुमार मण्डल, साह–सचिव सुस्मिता ठाकुर र शिवम् मिश्रा छन् । कोषाध्यक्ष किरणराय अमात्य रहेका छन् भने सदस्यहरुमा अमित चौधरी, लाल साहनी र श्याम कुमार मण्डल रहेको अध्यक्ष शर्माले बताए । सल्लाहकार समितिमा सल्लाहकार संयोजक राजेश गुप्ता, सल्लाहकार सदस्य महेश कुमार साह स्वार्नाकार र राकेश रोशन यादव छन् ।

यहाँ कमेन्ट गर्नुहोस्