११ बैशाख २०८१, मंगलबार

कोशी अस्पतालमा नक्कली डाक्टर पक्राउ

संवाददाता

विराटनगर । विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले कोशी अस्पतालको गाईनो वार्डमा विरामी परीक्षण गर्दै गरेको अबस्थामा पक्राउ गरेको हो । मदिरा सेवन गरि सोमबार मध्यरातमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका अमृत बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’मा म्याद थप गरेर अनुसन्धान थलिएको जिल्ला प्हरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । मदिरा सेवन गरेर नक्कली डाक्टर बनेर विरामीको स्वास्थ्य जाँच गरेको पाईएपछि पक्राउ गरिएको उनको भनाई छ ।
कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डाक्टर चुमनलाल दासले मकालुखबरलाई बताए । ‘रक्सी खाएर आएको रहेछ, उनले भने, उसको विरामी कोभिडमा रहेछ, बिरामी हेर्न थालेपछि गार्डलाई बोलाएर प्रहरीलाई जिम्मा लगाएका छौँ ।’
डाक्टरको भेषमा मध्य राती अस्पतालमा आएर नक्कली डाक्टर बनेर छिरेको थाहा पाएपछि प्रहरीलाई आवश्यक कारवाही गर्न भनिएको मेसु दासले बताए । पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर विरामीको स्वास्थ्य परीक्षण गरेको खुलेको छ । तीन जना विरामीको स्वास्थ्य परिक्षण गर्न थालेपछि नक्कली डाक्टर भएको फेला परेको अस्पतालले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्