१६ चैत्र २०८०, शुक्रबार

प्रदेश सभा भित्र सांसदको गुहार ! ‘ज्यान जोखिममा परेको फिलिङ्स भएको छ’

संवाददाता

विराटनगर । प्रदेश १ को नामको बारेमा संसदहरुले प्रदेश सभा भित्रै गुहार माग्न थालेका छन् । अहिले बिभिन्न नाम लिएर बिभिन्न समुहहरु सांसदको घर घेर्न आउने क्रम शुरु भएको भन्दै प्रदेश सभा सदस्य सर्बध्वज साँवाले प्रदेश सभा भित्रै गुहार भन्दै चिच्याएका हुन् । प्रदेश १ को नामाकरणको बिषयलाई लिएर प्रदेश १ का माननीय सांसदलाई बलीको बोका पाठापाठी बनाउन लागिएको उनको भनाई थियो । प्रदेश १ दशौँ अधिबेशनको बिसौँ प्रदेश सभाको शुन्य समयमा बोल्दै उनले सांसदहरु अहिले अप्ठेरो अबस्थामा रहको बताए ।
‘गुहार.. गुहार… गुहार … भन्न चाहन्छु, कहिले मुख्यमन्त्री घेराउमा पर्नु हुन्छ ।कहिले हामी सभासदहरु घरघरमा घेराउमा पर्छौँ , बाटो–बाटो र चोक–चोकमा घेराबन्दीमा परेका छौँ, उनले भने, अहिले सदनमा आउँदा पनि घेराबन्दी तोड्दै आउँदैछौँ । अहिले पनि हामी छड्के छड्के परेर हामी यहाँ आईपुग्यौँ । किनभन्दा प्रदेशको नामाकरणलाई लिएर अहिले सडकमा आन्दोलनहरु भईरहेका छन् । यो खतराबाट हामीलाई बचाउनु पर्यो भन्ने निबेदन गर्न चाहन्छु ।’ प्रदेशको नामको बारेमा केही समुहले कोशी राख्नुस् नत्र आउँदो चुनावमा पहिचानवादी आदिवासी जनजाती शुन्य बनाईदिन्छौँ भन्ने गरेको अर्को समुहले किराँत लिम्बुवान–नाम राखेनौँ भने आउँदो चुनावमा कोशीमा बगाईदन्छौँ भन्ने धम्की आएको उनले सुनाए ।
‘हामी बडो सकसमा माननीयहरु छौँ, साँवाले भने, भनेको मानेनौँ भने कोर्रा हान्छौँ भनेर पार्टी एकातिर उभिएको छ ।’ अर्कोतिर कोशी नामाकरण गरेनौँ भने प्रदेश सभामा अर्को रिजल्ट दिन्छौँ भनेर भन्ने गरेको कारण हामी सांसदहरु बिल्कुल अप्ठेरोमा छौँ, ज्यान जोखिममा परेको अप्ठेरो फिलिङ्स भईरकेको उनले सदनलाई जानकारी गराए । उनले प्रदेश सभा नियमावलीमा संशोधन गरेर भएपनि गोप्य मतदान गर्ने ब्यवस्था मिलाउन आग्रह गरे । यस्ता नाम र निर्णयको बारेमा गेप्य मतदानको ब्यवस्था गरियोस् उनले भने, हैन भने जनमत संग्रह गरेर भएपनि टुंगो लगाईयोस् । लाईन लागेर लेख्ने, हस्ताक्षर गर्ने खालको कानुनी ब्यवस्थाले त्यसको बलीको बक्रा सांसद हुने सांसदहरुको तर्क छ।

यहाँ कमेन्ट गर्नुहोस्