११ बैशाख २०८१, मंगलबार

सरकारलाई सत्तापक्षीय दलकै नेताको प्रश्नै प्रश्न : बहुबर्षीय योजना के हुँदैछ ?

संवाददाता

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोईरालाले शुन्य समयमा र बिशेष समयमा उठेका बिषयलाई सरकारले सम्बोधन गर्न नसकेको बताए । संसदीय दलको तर्फबाट विशेष समय लिएर बोल्दै कोईरुालाले धेरै कुराहरु सांसदहरुले उठाएको भएपनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनु पर्नेमा त्यो नभएको उनले बताए । ‘प्रदेश सभामा महत्वपूर्ण बिषयहरु मानीय ज्यूहरुबाट उठान हुँदै आएको छ, उनले भने, शुन्य समय र विशेष समयमा उठान भएका ति बिषयहरुको जवाफ दिनुपर्छ त्यो भएको देखिएन ।’
सत्तारुढ दल भित्रकै नेपाली कांग्रेस संसदीय दलका नेता कोईरालाले यस अघि संघीय सरकारले रोक्का राखेको जग्गाको बिषयमा उठाएको सवालमा पनि सरकारले जवाफ नदिएको बताए । रेल मार्ग तथा विमानस्थलको नाममा बर्षौ देखि जग्गा रोक्का रहेको बारेमा सदनलाई जानकारी गराईएको भएपनि सरकारको तर्फबाट कुनै पनि जवाफ नआएको उनले सभामा जानकारी गराए । प्रदेश सभामा उठाईएका बिषयमा सरकारका मुख्यमन्त्री र मन्त्रीलाई जवाफ दिन आग्रह गरे । ‘कल्याणकारी राज्यको स्थापना होस् भन्ने हामी सबैको चाहना हो, उनले भने, रोक्का राखिएको जग्गाको अबस्थाको बारेमा सरकारको धारणा के हो ? त्यो बारेमा सरकारले जवाफ दिनु पर्छ ।’ रेलमार्ग, बिमानस्थलमा रोक्का राखिएको जग्गाको रोक्काको अबस्थाको बारेमा जानकारी गराउन उनले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए ।
बहुबर्षीय योजना के हुँदैछ ?
प्रदेश सभाको दशौँ अधिबेशनको बिसौँ बैठकको बिशेष समयमा बोलेका कोईरालाले विगतमा योजना बनाईएको बहुबर्षिय सडकहरुको अबस्था के हुँदैछ भन्दै प्रश्न गरेका थिए । बहु बर्षीय योजनाका ठेकेदारहरु भाग्न थालेको काम नगर्ने अबस्थामा पुगेकोले त्यसको अबस्थाको बारेमा आफुले जवानकारी लिन चाहेको उनको भनाई थियो । ‘मेरो निर्वाचन क्षेत्रमा परेको बहु बर्षिय योजनाको निर्माण कम्पनी अहिले हिड्ने अबस्थामा पुगेको छ, उनले भने, अहिले प्रदेश भरी भएको बहुबर्षिय सडक र पुलको अबस्था कस्तो छ त्यो जानकारी गराईयोस् । कुन योजनाको अबस्था के हो, कति पुरा भए? कति बाँकी रहे र कुन योजनाको अबस्था के हो भन्ने सरकारलाई जानकारी गराउन आग्रह गर्दछु ।’
उनले अहिले किसानले मलखालको बारेमा पाएको दुख र कष्टको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मलखादको अबस्था, खपत र मागको आधारमा त्यसको आपुर्ति अबस्थाको बारेमा पनि जानकारी गराउन आग्रह गरे । दुुहबी–ईनरुवा सडकको बारेमा पटक पटक कुरा उठाउँदै आएको पनि उनले सदनलाई जानकारी गराए । दुहबी–ईनरुवा सडकको बारेमा दवाव समुह गठन भएकोले तत्काल सडक विस्तारको कामको बारेमा जानकारी गराउन आग्रह गरे । यो सडक सबैको चासो र चर्चाको सडक भएकोले सडक दुई लेन की चार लेन हो या मर्मत हुन मात्र लागेको हो ? भन्ने स्पष्ट जवाफ दिन सरकारलाई आग्रह गरे ।
नाममा तीन पहिचान
प्रदेश १ को नामाकरणको बारेमा दलहरु आन्तरिक गृहकार्यमा रहेको बताएका छन् । ‘प्रदेश १ को नामाकरण हुन बाँकी छ, अहिले पनि बाहिर नेताहरुले नारा जुलुस गरिनै रहनु भएको छ, उनले भने, दलहरु चुप लागेर बसेको छैन, हामीले पनि गृहकार्य गरिरहेका छौँ ।’ तीन खालका बिचारहरु नामाकरणको सवालमा आएको उनले बताएका छन् । एकल पहिचान, बहुपहिचान र साझा पहिचानको बिषयमा अहिले छलफल अघि बढेको बताए । ‘अहिले साझा बिन्दु खोजेर जान सकियो भने सबैले अपनत्व लिएर सकिन्छ, उनले भने, हामी सबैले स्वीकार गर्ने नामको खोजीमा छौँ ।’

यहाँ कमेन्ट गर्नुहोस्