०८ बैशाख २०८१, शनिबार

विराटनगर–वथनाह कार्गो रेल संचालनको तयारी, सबैले सहयोग गरे चाँडै संचालनमा आउने

संवाददाता

विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालनमा आउन ढिला भएको छ । नेपाल तर्फको निर्माणको काममा अबरुद्ध हुँदा रेल संचालनमा ढिला भएको हो । रेल मार्ग संचालन गर्ने सम्बन्धमा उद्योग संगठन मोरङमा भएको वैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका मेनेजर एस.के. चौधरीले विराटनगर देखि कार्गो रेल्वे अविलम्व संचालनमा ल्याउन आफुहरु तयार रहेको बताए ।
भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह–विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको वताए । उनले नेपाल र भारत सरकार वीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा कार्गो रेल संचालनमा ल्याउन सकिने वताए । उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक वजेटकालागि अनुरोध गरेको जानकारी दिदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने जानकारी दिए ।
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने वताए । नेपाल–भारत वीचको व्यापार अभिवृद्धिमा रेल संचालनले यो क्षेत्रको आर्थिक गतिबिधिमा कोशेढुंगा सावित हुने वताउदै उनले स–साना वाधा व्यवधानलाई अविलम्व समाधान गर्न आग्रह गरे । ालवाहक रेल्वे संचालनमा ल्याउन भारत र नेपाल पक्ष्ँका अधिकारीलाई आग्रह गर्दै नीजि क्ष्ँेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको पनि बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशिय व्यापार विस्तारका लागि कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाको काम पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने उनको भनाई थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने वताए ।
छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजश्व संकलन समेत प्रभावित भएको बताए । अहिलेको अबरोधलाई कार्गो रेल संचालनमा आएपछि समस्याको मुख्य समाधानको रुपमा कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने वताए । नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष्ँ परीक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरे पश्चात विराटनगर वथनाह रेल संचालनमा आउने वताउदै त्यसको लागि तयारी भईरहेको जानकारी गराए ।

उद्योगी प्रदिप मुरारकाले यस क्ष्ँेत्रका ईडिवल आयल उत्पादन गर्ने उद्योगहरुका कच्चा पदार्थ स्टोर गर्न आफनै खर्चमा टेंक निर्माण गर्न तयार रहेको वताउदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरेका थिए । संगठनका पूर्व अध्यक्ष्ँ किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानी जम्नुका साथै नेपालको मालसमान रातीका समयमा अनलोड गर्न समस्या भईरहेकोले ति समस्या समाधान हुनु पर्नेमा जोड दिएका थिए । नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नया रेल थप्न जोड दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्