१६ चैत्र २०८०, शुक्रबार

विराटनगरको जागरुक सहकारीद्वारा स्वरोजगार कर्जा वितरणको लागि आवेदन माग

संवाददाता

विराटनगर । विराटनगरमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्यवसाय संचालको लागि स्वरोजगार कर्जा बितरण शुरु गरेको छ। सोमबार एक सुचना प्रकाशित गर्दै जागरुक बचत तथा ऋण सहकारी संस्थाले नेपाल सरकार युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सचिवालय बिच भएको सम्झौता बमोजिम ऋण प्रवाहको तयारी गरिएको सहकारीका सचिव उमेश गुरुङले जानकारी दिए ।
सहकारी र कोषको बिचमा भएको सम्झौता बमोजिम सहकारी संस्थाका सेयर सदस्इहरुलाई ब्यवसाय संचालन गर्नकालागि स्वरोजगार कर्जा उपलब्ध गराउने योजना अनुसारको ब्यवसायी योजना सहितको ऋण माग गर्न आवेदन दिन भनिएको सचिव गुरुङले बताए । सहकारी संस्थाका अध्यक्ष सुनाङ्ग सुब्बा लिम्बुले जारी गरेको सुचनामा १० दिन भित्र ब्यवसायी योजना सहित ऋण माग गर्न आग्रह गरिएको छ। ऋण माग गर्दा संस्थाकाको सदस्यता भै ऋण आवेदन गर्दा कम्तिमा तीन महिना पुरा भएको हुनु पर्ने, १८ बर्ष पुरा भई ६० बर्ष ननाघेको हुनु पर्ने भनिएको छ। नयाँ ब्यवसायलाई प्राथमिकता दिईने, संस्थाको कार्यक्षेत्रमा बसोबास गरेको हुनु पर्ने, खराब कर्जामा समाबेश भएको हुनु नहुने, कर्जा लिई संचालन गर्ने ब्यवसाय परियोजनाको विवरण पनि पेश गर्नु पर्ने भनिएको सचिव गुरुङले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्