१४ बैशाख २०८१, शुक्रबार

मन्त्री बडुलाई विराटनगरका उद्योगीले भने, ‘कोशीमा हामफाल्न बाँकी छ’

संवाददाता

विराटनगर । विराटनगरका उद्योगी ब्यवसायीले आन्दोलन थालेको लामो समय भयो । स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पर्ने गरि सरकारले नीति लिएको भन्दै ब्यवसायीले लामो समयदेखि आन्दोलन गरेका थिए । यो आन्दोलनको बेला पनि सरकारलाई भेट्न नपाएका उद्योगीले मंगलवार बिराटनगरमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेट्ने मौका पाए । त्यही मौका छोपेर उद्योगी ब्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदै समस्याको समाधान गर्ने बारेमा राज्य गम्भीर नहुने हो भने कोशीमा हामफाल्न मात्र बाँकी रहेको गुनासो गर्न भ्याए । उद्योगी जगदिश अग्रवालले कोशीमा हामफल्न मात्रै बाँकी रहेको गुनासो मन्त्रीलाई सुनाए । ब्यवसायीक क्षेत्रमा लागेको ५२ बर्षको यो अबधिमा हालसम्म यस्तो समस्या कहिल्यै भोग्नु नपरेको उनले बताए । प्रधानमन्त्री, अर्थमन्त्री सबैलाई भेटेर समस्या राखे पनि समाधान हुन नसकेको अग्रवालको भनाई छ।
‘उद्योगी ब्यवसायीको समस्याको बारेमा सरकार सोधीखोजी नै गर्दैन, वास्तै गर्दैन, उनले भने, समस्या समाधान नगर्ने हो भने मन्त्रीज्यूले भनिदिनु प¥यो, सवैजना गएर कोशीमा हाम फाल।’ उद्योगीहरु सा¥है समस्यामा परेको उनले बताए।
उद्योगी युक्ती गोल्छाले आफुहरुसँग कुनैपनि अप्सन नै अब बाँकी नरहेको बताइन्। ‘श्रमिकहरुलाई धमाधम बिदा दिनुपर्ने अवस्था आएको छ, उनले भनिन, मेरो उद्योगबाट १५० जना श्रमिकलाई बिदा दिई सकेको छु ।’ विराटनगरका ५ वटा उद्योगबाट हजार श्रमिक हटाएको उनले बताईन् । सरकारको नीतिका कारण कर्मचारी पाल्न पनि नसक्ने अबस्था आएको उनले सुनाईन् । सरकार उद्योगीका समस्यामा उदासिन बनेको मोरङका उद्योगी व्यवसायीको भनाई छ ।
सरकारले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने गरी बजेट ल्याएको भन्दै मोरङका उद्योगी, व्यवसायीहरु अहिले आन्दोलित छन्।
उद्योगी भीम घिमिरेले बैंक, बिमा, विद्युतलगायतका क्षेत्रबाट उद्योगीहरु समस्या परेको बताए। ‘लोभोल्टेज, ट्रिपिङ, लोडसेडिङको समस्या कायमै रहेको छ, उनले भने, उद्योगी ब्यवसायीको समस्या साधानमा राज्य गम्भीर भएको देखिएन ।’ मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले मोरङका उद्योगीले ७२–७३ वर्षको इतिहासमा पहिलो सडक आन्दोलन गर्नु परेको भन्दै तत्काल उद्योगीको समस्या समाधान गर्न दवाव दिए । लामो समयसम्म आन्दोलन गर्दा पनि राज्यले उद्योगी ब्यवसायीका गुनासा र समस्या नसुनेर उद्योगी ब्यवसायीलाई पीडा दिने काम गरेको उनको आरोप छ । उनले बंगलादेशमा नेपाली उत्पादन पु¥याउने वातावरण बनाइदिन आग्रह समेत गरे। उद्योगी पवन सारडाले सरकार उद्योगीका समस्या समाधानमा गम्भीर नबने आन्दोलनको विकल्प नभएको बताए। उनले सरकारले गठबन्धन ढल्नबाट मात्र जोगाउने मात्र नभई उद्योगी ब्यवसायीलाई ढल्नबाट जोगाउन आग्रह गरे ।
मन्त्री बडूले उद्योगी ब्यवसायीको समस्यामा सरकार गम्भीर रहेको बताए । उद्योगीका समस्या समाधानको सुरुवात भइसकेको पनि उनले दाबी गरे । जीआई वायर, घ्यू, तेल, गहुँ, चिनीमा देखिएको समस्याको सुधारमा सरकार लागिसकेको दाबी गरे । उद्योगीले यसअघि जीआई वायरलगायत स्वदेशी उद्योगका लागि चाहिने कच्चा पदार्थको भन्सार बढाएर गल्ती गरेको र छिट्टै सच्याउन तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्